Sajha Post
मुकेश पाल र राजपुरा पछाई च्याम्पियन

काठमाडौं ।  त्रिभुवन आर्मीका मुकेश पाल र नेपाल पुलिसकी राजपुरा पछाईले चौथो वीर गणेशमान सिंह १० के रोड रेसको उपाधि जितेका छन् ।

गणेशमान सिंह फाउण्डेसनको आयोजनामा भएको प्रतियोगितामा पुरुषतर्फ मुकेश र महिलातर्फ राजपुरा च्याम्पियन बनेका हुन् ।

मुकेशले निर्धारित दुरी ३१ मिनेट २१.७६ सेकेण्डमा पूरा गर्दै उपाधि जितेका हुन् । एपीएफका गोपीचन्द्र पार्की दोस्रो भए । साविक विजेता गोपीले ३१ मिनेट ३८.६८ सेकेण्ड दौड पूरा गरे । तेस्रो भएका आर्मीका दीपक अधिकारीले ३१ मिनेट ४७.४२ सेकेण्डमा दौड पूरा गरे ।

आर्मीका संजय श्रेष्ठ चौंथो र केन्याका सिमोन किपगेट पाँचौं स्थानमा रहे ।महिलातर्फ उपाधि जित्ने क्रममा राजपुराले कोर्स रेकर्डसहित ३६ मिनेट ४३.२ सेकेण्डमा दौड पूरा गरिन् ।पुलिसकै राममाया बुढाले ३७ मिनेट ५४.१५ सेकेण्डको समय निकाल्दै दोस्रो भईन। तेस्रो स्थानमा रहेकी एपीएफकी पुष्पा भण्डारीले ३८ मिनेट २६.०३ सेकेण्डमा दौड पूरा गरिन् ।

आर्मीका पूर्ण लक्ष्मी न्यौपाने चौंथो र एपीएफकी बिन्द्र श्रेष्ठ पाँचौं स्थानमा रहिन् ।प्रतियोगिताको महिला र पुरुष विजेताले ६० हजार, उपविजेताले ३० हजार र तेस्रोले १५ हजार प्राप्त गरेका छन् । चौंथोले १० हजार र पाँचौंले ५ हजार प्राप्त गरेका छन् ।कोर्स रेकर्ड बनाएकी राजपुराले थप १० हजार प्राप्त गरिन् ।

machhapuchhre bank


 

प्रकाशित मिति: शनिबार, चैत ११, २०७९  १८:१६
प्रतिक्रिया दिनुहोस्
Weather Update