Sajha Post
तिलोत्तमा गोल्डकपको उपाधि मनाङलाई, ११ लाख रुपैयाँ पायो 

बुटवल । मनाङ मर्स्याङ्दी क्लबले तिलोत्तमा गोल्डकपको २२ औं संस्करणको उपाधि जितेको छ ।

शनिबार बुटवल एन्फा टेक्निकल सेन्टरमा सुदूरपश्चिम ११ लाई सडन डेथमा हराउँदै मनाङले सिजनको दोस्रो उपाधि हात पारेको हो । उपाधिसंगै मनाङ मस्याङदी क्लवले नगद ११ लाख ११ हजार १११ रुपैयाँ प्राप्त गरेको छ ।  सुदुरपश्चिम ११ ले भने ६ लाख ६६ हजार ६११ प्राप्त गरेको छ ।निर्धारित समयको खेल १–१ गोलको बराबरीमा सकिएपछि निर्णय टाइब्रेकरमा गरिएको थियो ।  सडन डेथमा सुदूरका दिपेन्द्र मलासीको प्रहार पोस्ट बाहिर गएपछि मनाङले उपाधि चुमेको हो ।

खेलको ५९ औं मिनेटमा कोफी टिमोटेले गोल गर्दै मनाङलाई सुरुआती अग्रता दिलाएका थिए । तर सुदूरपश्चिम ११ का फागुराम थारुले ७१ औं मिनेटमा गोल गर्दै खेल बराबरीमा ल्याएका थिए । 

मनाङले यसअघि मकवानपुर गोल्डकपको उपाधि जितेको थियो । 

प्रकाशित मिति: शनिबार, चैत ११, २०७९  २२:१७
प्रतिक्रिया दिनुहोस्
Weather Update