Sajha Post
आठ वटा मन्त्रालयसहित पूर्णबहादुर खड्काको नेतृत्वमा कांग्रेस सरकारमा जाने 
machhapuchhre bank

काठमाडौं । नेपाली कांग्रेस उपसभापति पूर्णबहादुर खड्काको नेतृत्वमा सरकारमा जाने भएको छ। शनिबार दिउँसो पार्टी सभापति शेरबहादुर देउवा निवास धुम्बाराहीमा बसेको पदाधिकारी बैठकमा यसबारे सैद्धान्तिक सहमति जुटेको हो। पदाधिकारी बैठकमा ८ मन्त्रालयसहित सरकारमा जाने सहमति भएको छ । 

आईतवार सभापति, उपसभापति र महामन्त्रीको छुट्टै बैठक बसेर यसबारे औपचारिक निर्णय लिने सहमति भएको स्रोतले जनाएको छ । धुम्बाराही बैठकमा कांग्रेसले ८ वटा मन्त्रालयको पाउने गरी प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग छलफल भइरहेको सभापति शेरबहादुर देउवा र उपसभापति खड्काले बैठकमा ब्रिफिङ गरेका छन् । १० वटा मन्त्रालय दाबी गरेपनि  साना पार्टीले अस्वभाविक दाबी गरेकाले कांग्रेसलाई ८ भन्दा बढी मन्त्रालय पाउन सक्ने अवस्था रहेको समेत बैठकमा ब्रिफिङ भएको छ । 

कांग्रेसले अर्थ मन्त्रालयमाथि निर्विकल्प दाबी गरेको छ । यसमा अरुको दाबी स्वीकार नगर्ने कांग्रेसको तयारी छ । शनिबारको पदाधिकारी बैठकमा पनि अर्थमन्त्रालय दिनुपर्नेमा नेताहरुले जोड गरेका छन् । 
बाँकी मन्त्रालयबारे भने कांग्रेस विकल्पसहित गठबन्धनमा प्रस्तुत हुने तयारीमा छ । परराष्ट्र वा भौतिक, शिक्षा वा स्वास्थ्य, भूमिसुधार वा सहरी विकास, कानुन वा रक्षा, उद्योग वा ऊर्जा मन्त्रालय लिने कांग्रेसको आन्तरिक रणनीति रहेको स्रोतले जनाएको छ । 

प्रकाशित मिति: शनिबार, चैत ११, २०७९  २२:३६
प्रतिक्रिया दिनुहोस्
Weather Update