
काठमाडौं । लाओसले थ्री नेसन्सकपमा शनिबार भुटानलाई २–१ ले हराएको छ । दशरथ रंगशालामा भूटानलाई हराउन लाओसका लागि दुवै गोल बोनकोङले गरे । जितपछि लाओसको फाइनल प्रवेशको सम्भावना कायम रह्यो । लाओसको यो जितका कारण फाइनल पुग्ने दुई टिमको निर्णयका लागि अन्तिम खेल कुर्नु पर्नेछ ।
अब भुटानले मंगलबार हुने खेलमा नेपालको सामना गर्नेछ । त्यही खेलको नतिजाले उपाधि भिड्ने दुई टिम निश्चित गर्नेछ । लिग चरणको दुई खेल समाप्त हुँदा नेपाल ३ अंक सहित शीर्ष स्थानमा छ । लाओस दोस्रो स्थानमा छ । उसको दुई खेलबाट ३ अंक भएको छ । भुटान भने अंकविहीन छ ।
नेपालविरुद्धको पहिलो खेल गुमाएको लाओसले यो जितसँगै प्रतियोगितामा पुनरागमन गरेको हो । बोनकोङले खेलको चौथो मिनेटमै गोल गर्दै लाओसलाई अग्रता दिलाएका थि । भुटानका लागि कप्तान छन्चो ग्याल्सेनले ३४ औं मिनेटमा बराबरी गोल गरे । दोस्रो हाफको ७१ औं मिनेटमा बोनकोङले दोस्रो गोल गरेपछि लाओस विजयी भयो ।