शनिबार, वैशाख ८ गते २०८१
Logo
शनिबार, वैशाख ८ गते २०८१

विवेक ओझाको उपन्यास ‘ऐँठन’ सार्वजनिक 

विवेक ओझाको उपन्यास ‘ऐँठन’ सार्वजनिक 

साझा पोष्ट
शनिबार, चैत ११ २०७९
  • images
    विवेक ओझाको उपन्यास ‘ऐँठन’ सार्वजनिक 
    images

    काठमाडौं । विवेक ओझाको नयाँ उपन्यास ‘ऐँठन’ सार्वजनिक भएको छ ।


    images
    images

    शनिबार एक समारोहबीच द्वन्द्वपीडित साझा चौतारीका संस्थापक अध्यक्ष सुमन अधिकारी, लेखक तथा राजनीतिक अभियन्ता केशव दाहाल र नेकपा माओवादीकी केन्द्रीय सदस्य रेणु चन्दले एकसाथ ऐँठन सार्वजनिक गरे । 

    कार्यक्रममा राजनीतिक अभियन्ता तथा लेखक केशव दाहालले नेपाली युद्ध साहित्यले एक उम्दा कृति पाएको टिप्पणी गर्दै  पुस्तकले गम्भीर पाठकलाई पुस्तकको प्रभाव सपनासम्म हुने बताए । पुस्तकमा केही दशकअघि नेपालीले भोगेको द्वन्द्वको अकल्पनीय वर्णनले पाठकलाई बाँधेर राख्ने ताकत भएको उनले टिप्पणी गरे । पुस्तकले केही प्रश्नहरु खडा गरेको र त्यसको तत्कालीन अवस्थामा द्वन्द्वमा रहेका पक्षले जवाफ दिनुपर्ने बताए । 
    नेकपा माओवादीकी केन्द्रीय सदस्य रेणु चन्दले उपन्यासको शैलीले पाठकलाई ताजगी दिने खालको भएपनि माओवादी जनयुद्धलाई दानवीकरण गरेको भन्दै असन्तुष्टि व्यक्त गरिन् । पुस्तकको सशक्त पक्ष भने शान्तिको सन्देश दिनु रहेको उनको तर्क छ ।
    द्वन्द्वपीडित साझा चौतारीका संस्थापक अध्यक्ष सुमन अधिकारीले पुस्तकले दुई दशकअघिको माओवादी विद्रोहलाई नयाँ पुस्ता माझ चिनाउने गरी लेखक ओझाले सजिव चित्रण गरेको र   राज्यले द्वन्द्व पिडितका भावनालाई  सम्बोधन नगरेका अवस्थामा पुस्तकले घच्घच्याउने आशा व्यक्त गरे । 

    कार्यक्रममा बोल्दै लेखक ओझाले बोल्नुभन्दा लेख्नु सहज रहेको बताए। उनले उपन्यास यथार्थवादी भएको र निहत्था मान्छेको पक्षमा लेखिएको बताए । 

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार