बिहीबार , वैशाख १३ गते २०८१
Logo
बिहीबार , वैशाख १३ गते २०८१

राष्ट्रपति आज गोरखा दरबार जाने 

राष्ट्रपति आज गोरखा दरबार जाने 

साझा पोष्ट
आइतबार, चैत १२ २०७९
  • images
    राष्ट्रपति आज गोरखा दरबार जाने 
    images

    काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल आज गोरखा दरबार जाँदैछन । अहिले विहान साढे नौ बजे राष्ट्रपति गोरखा दरबार जाने सचिवालयले जनाएको छ । उनी बिहान ९ः३० बजे गोरखा जाने र दरबार क्षेत्र अवलोकन गर्ने कार्यक्रम छ । राष्ट्रपति पौडेलले गोरखा दरबार क्षेत्रभित्र रहेको गोरखकालीको मन्दिरमा पूजा गर्ने र बजार क्षेत्रमा रहेको पृथ्वीनारायण शाहको शालिकमा माल्यार्पण गर्ने कार्यक्रम छ ।


    images
    images

    राष्ट्रपति पौडेल नेपाली सेनाको हेलिकप्टर चढेर गोरखा जानेछन् । उनको आगमनलाई लक्षित गरी गोरखाको सुरक्षा व्यवस्था चुस्त बनाइएको छ । 
    राष्ट्रपति पौडेल आउ-जाउ गर्ने सडकको यातायात र  मन्दिरमा दर्शन गर्ने बेलामा होस् सर्वसाधारणलाई असर नपुग्ने गरी जिल्ला प्रशासनले आवश्यक प्रबन्ध मिलाएको छ ।दुई घण्टा त्यहाँ बिताएर राष्ट्रपति आजै काठमाडौं फर्किनेछन ।

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार