शुक्रबार, चैत १६ गते २०८०
Logo
शुक्रबार, चैत १६ गते २०८०

मोरक्कोसँग ब्राजिल पराजित

मोरक्कोसँग ब्राजिल पराजित

साझा पोष्ट
आइतबार, चैत १२ २०७९
  • images
    मोरक्कोसँग ब्राजिल पराजित
    images

     काठमाडौं । फिफा विश्वकप  २०२२ मा सनसनीपूर्ण प्रदर्शन गर्दै सेमिफाइनलमा पुगेको मोरक्कोले अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा पाँचपटकको विश्व विजेता ब्राजिललाई पराजित गरेको छ ।
    विश्वकपपछिको पहिलो खेलमा आइतबार बिहान मोरक्कोको घरेलु मैदानमा भएको खेलमा ब्राजिल २-१ ले पराजित भएको हो।


    images
    images

     अधिकांश युवा खेलाडीलाई टोलीमा उतारेको ब्राजिलमाथि मोरक्कोले  रोमाञ्चक जित निकाल्यो । मोरक्कोको जितमा सोफिएन बोउफल र अब्देलहामिद साविरीले गोल गरे ।  ब्राजिलका कप्तान क्यासमिरोले एक गोल फर्काए ।

    ग्रान्ड स्टेड डि टानगेरमा भएको खेलमा ब्राजिलले घरेलु टोलीमाथि दवाव बढाएपनि मोरक्कोलाई नतिजा सुम्पियो । खेलको २९औं मिनेटमा सोफिएन बोउफलले गोल गरेपछि ब्राजिल पहिलो हाफमै पछि परेको थियो । ६७औं मिनेटमा क्यासमिरोले गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याए । तर,७९औं मिनेटमा अब्देलहामिद साविरीले गोल गर्दै मोरक्कोलाई जित दिलाए । 

    ब्राजिलका अन्तरिक प्रशिक्षक रामोन मेनेजेसले मोरक्कोविरुद्ध रोनी, राफयल भेइगा, एन्डरे सान्तोष, रोजर इवानेज, भिटर रोकी, युरी अल्बर्टो र आर्थरजस्ता युवा र नयाँ खेलाडीलाई मौका दिएको थियो ।
    चोटका कारण नेयमार, कप्तान थियागो सिल्भा, मार्किन्हस, रिचार्लीसन, एलेक्स सान्द्रो र ड्यानी आल्भेस खेलेका थिएनन् । तर कप्तान क्यासमिरो, भिनिसियस जुनियर, रोड्रिगो, लुकास पाक्वेटा, एडर मिलिसाओ, इमर्सन रोयल र एन्टोनीले खेलेपनि नतिजा आफ्नो पक्षमा पार्न सकेन ।
     

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार