शुक्रबार, चैत १६ गते २०८०
Logo
शुक्रबार, चैत १६ गते २०८०

कराते महासङ्घको अध्यक्ष पदमा फेरि युवराज लामा

कराते महासङ्घको अध्यक्ष पदमा फेरि युवराज लामा

साझा पोष्ट
आइतबार, चैत १२ २०७९
  • images
    कराते महासङ्घको अध्यक्ष पदमा फेरि युवराज लामा
    images

    काठमाडौं ।  नेपाल कराते महासङ्घको अध्यक्ष पदमा पुनः युवराज लामा चयन भएका छन् ।  । चितवनको पटिहानीमा सम्पन्न महाधिवेशनले लामाको नेतृत्वमा २२ सदस्यीय कार्यसमिति सर्वसम्मतरूपमा चयन गरेको हो । महासङ्घको वरिष्ठ उपाध्यक्षमा हरिशरण केसी ,उपाध्यक्षमा प्रकाश मोहन धौभडेल, देवकुमार लामा, मकेन्द्रबहादुर सिंह, ओमकृष्ण प्रसाईँ, मजिन्द्र सिंह र श्याम शेर्पा छन । । महासचिवमा दावा गुरुङ, कोषाध्यक्षमा किशोर भट्टराई, सचिवमा ध्वजमान मोक्तान र बलराम मित्र चयन भएका छन् । 


    images
    images

    यस्तै सदस्यमा रामबहादुर सिंह ठकुरी, सञ्जयसुन्दर सैँजु, रवि महर्जन, हिक्मत थपलिया, ताराप्रसाद ओली, यादव काफ्ले, राजेन्द्र बराल, शाहीकुमारी तिनुङ चयन भएका छन् । यस्तै अध्यक्ष लामाले पुनः  सञ्जय राई र कमला रानालाई सदस्यमा मनोनित गरेको कोषाध्यक्ष भट्टराईले जानकारी दिए । 

    महाधिवेशनबाटै पाँच सदस्यीय सल्लाहकार समिति समेत चयन गरिएको छ । समितिमा दिपेश शाक्य, निवासगोपाल वैद्य, हरि विष्ट, गणेश कार्की र विष्णु कार्की छन । अध्यक्ष लामा राष्ट्रिय खेलकुद परिषद् (राखेप) का पूर्वसदस्यसचिव एवं करातेका संस्थापक मध्येका एक हुन । 
     

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार