बिहीबार , चैत १५ गते २०८०
Logo
बिहीबार , चैत १५ गते २०८०

विश्वासको मत फिर्ता लिँदै लुम्बिनी सरकारबाट माओवादी बाहिरियो, एमाले नेतृत्वको सरकार संकटमा

विश्वासको मत फिर्ता लिँदै लुम्बिनी सरकारबाट माओवादी बाहिरियो, एमाले नेतृत्वको सरकार संकटमा

माओवादी सरकारबाट बाहिरिएसँगै उसले सरकारलाई दिएको समर्थन पनि फिर्ता लिएको छ । अब मुख्यमन्त्री गिरीले ३० दिनभित्र विश्वासको मत लिनुपर्नेछ । ८७ सदस्यीय प्रदेशसभामा नेकपा एमालेका २९, नेपाली कांग्रेसका २७, माओवादी केन्द्रका ११, नागरिक उन्मुक्ति पार्टी र राप्रपाका ४, ४, जसपा, लोसपा र जनमत पार्टीका ३, ३, स्वतन्त्र, एकीकृत समाजवादी र राष्ट्रिय जनमोर्चाका एक एक जना प्रदेशसभा सदस्य रहेका छन् । प्रदेशसभामा बहुमत जुटाउन ४४ सांसदको समर्थन आवश्यक पर्छ ।

साझा पोष्ट
आइतबार, चैत १२ २०७९
  • images
    विश्वासको मत फिर्ता लिँदै लुम्बिनी सरकारबाट माओवादी बाहिरियो, एमाले नेतृत्वको सरकार संकटमा
    images

    दाङ । लुम्बिनी प्रदेश सरकारबाट नेकपा नेकपा माओवादी केन्द्र बाहिरिएको छ । माओवादीले सरकारलाई दिएको समर्थन पनि फिर्ता लिएको छ ।


    images
    images

    आइतबार माओवादी केन्द्रबाट मन्त्री बनेका तीनैजनाले मुख्यमन्त्री लीला गिरिसमक्ष राजीनामा बुझाएर सरकारबाट बाहिरिएका हुन् । लुम्बिनी सरकारमा माओवादी केन्द्रका जोखबहादुर महरा, इन्द्रजित चौधरी र कृष्णा केसी गरी ३ जना सहभागी थिए । 

    माओवादी सरकारबाट बाहिरिएसँगै उसले सरकारलाई दिएको समर्थन पनि फिर्ता लिएको छ । अब मुख्यमन्त्री गिरीले ३० दिनभित्र विश्वासको मत लिनुपर्नेछ ।

    ८७ सदस्यीय प्रदेशसभामा नेकपा एमालेका २९, नेपाली कांग्रेसका २७, माओवादी केन्द्रका ११, नागरिक उन्मुक्ति पार्टी र राप्रपाका ४, ४, जसपा, लोसपा र जनमत पार्टीका ३, ३, स्वतन्त्र, एकीकृत समाजवादी र राष्ट्रिय जनमोर्चाका एक एक जना प्रदेशसभा सदस्य रहेका छन् । प्रदेशसभामा बहुमत जुटाउन ४४ सांसदको समर्थन आवश्यक पर्छ ।

    माओवादीले विश्वासको मत फिर्ता लिएर सरकारबाट बाहिरिए सँगै मुख्यमन्त्री लिला गिरीको सरकार संकटमा पर्ने देखिएको छ । केन्द्रमा बनेको गठबन्धनको प्रभाव प्रदेशमा परेको हो । केन्द्रमा सत्ता गठबन्धन बाहिर रहेका एमाले र राप्रपा मिल्दा पनि गिरीको सरकार सुरक्षित हुँदैन । त्यहाँ माओवादी वा कांग्रेस कस्को नेतृत्वमा सरकार बनाउने टुंगो लागिसकेको छैन । 

    ५८ जना प्रदेश सभा सदस्यको हस्ताक्षरसहित पुष २७ गते मुख्यमन्त्री बनेका गिरीले माघ ५ गते विश्वासको मत लिएका थिए ।

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार