मंगलबार, वैशाख ४ गते २०८१
Logo
मंगलबार, वैशाख ४ गते २०८१

नेवाः गुठी न्यूयोर्कले मनायो विश्व नेवाः दिवस

नेवाः गुठी न्यूयोर्कले मनायो विश्व नेवाः दिवस

साझा पोष्ट
आइतबार, चैत १२ २०७९
  • images
    नेवाः गुठी न्यूयोर्कले मनायो विश्व नेवाः दिवस
    images

    न्यूयोर्क । नेवाः गुठी न्यूयोर्कले छैठौ विश्व नेवाः दिवस मनाएको छ । शनिबार न्यूयोर्कको ज्याक्सन हाईट्समा  गरिएको कार्यक्रममा गुठीले प्रकाशन गरेको पहिलो स्मारिकासमेत विमोचन गरिएको थियो । 
    नेवाः संस्कृति, परम्परा र भाषा संरक्ष,प्रवर्द्धन एवं पुस्तान्तरणका लागि नेवाः गुठी न्यूयोर्क सधै क्रियाशिल भएको भन्दै अध्यक्ष विजयमान सिं ले गुठीले प्रकाशन गरेको स्मारिकामा धेरै कुरा समेटिएको बताए । 
    न्यूयोर्कमा गठन भएको नेवाः युथ कार्यक्रमका श्रेया तुलाधर र समिया महर्जनले नेवाः संस्कृति, भाषा र परम्परा जोगाउन सुरु गरिएको अभियानबारे जानकारी दिए । १५ वर्षदेखि ३० वर्ष उमेर समुहका नेवाः युवालाई समेटेर बनाईएको यो अभियानमा सहभागिताका लागि नेवाः युवालाई आव्हान समेत गरिएको छ ।


    images
    images

    नेपाली महावाणिज्य दुतावास न्यूयोर्कका कार्यवाहक महावाणिज्य दुत विष्णुप्रसाद गौतमको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा न्यूयोर्क राज्यका सिनेटर जेसिका रामोस, एसेम्व्ली मेम्बर स्टेभन रागा, न्यूयोर्क सिटीका प्रतिनिधि,  गुठीका संस्थापक अध्यक्ष आदित्य महर्जन र पूर्व अध्यक्ष समिर महर्जन र  नेपालका लागि पर्यटन दुत केशवराम राईलगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । 
     

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार