बिहीबार , चैत १५ गते २०८०
Logo
बिहीबार , चैत १५ गते २०८०

कांग्रेसले तनहुँ १ को उपचुनावमा गोविन्द भट्टराईलाई उम्मेदवार बनाउने

कांग्रेसले तनहुँ १ को उपचुनावमा गोविन्द भट्टराईलाई उम्मेदवार बनाउने

साझा पोष्ट
आइतबार, चैत १२ २०७९
  • images
    कांग्रेसले तनहुँ १ को उपचुनावमा गोविन्द भट्टराईलाई उम्मेदवार बनाउने
    images

    काठमाडौं । तनहुँ क्षेत्र १ मा नेपाली कांग्रेसले केन्द्रीय सदस्य गोविन्द भट्टराईलाई उम्मेदवार बनाउने भएको छ । रामचन्द्र पौडेल राष्ट्रपतिमा निर्वाचित भएपछि रिक्त रहेको तनहुँ १ मा कांग्रेसले भट्टराईलाई उम्मेदवार बनाउने भएको हो । 


    images
    images

    नेपाली कांग्रेसभित्र भट्टराई अवसर नपाउने त्यागी नेताका रुपमा परिचित छन् । नेपाल विद्यार्थी संघको अध्यक्ष र नेपाल तरुण दलको उपाध्यक्ष भैसकेका भट्टराईले अहिलेसम्म चुनाव लड्ने अवसर पाएका थिएनन् ।

    नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले भट्टराईलाई यसअघि नै निर्वाचनको तयारीमा जुट्न निर्देशन दिइसकेका थिए । २०४८ सालदेखि लगातार पार्टीको महाधिवेशन प्रतिनिधि हुँदै आएका उनी लगातार तीन पटक नेपाली कांग्रेसको केन्द्रीय सदस्य समेत निर्वाचित भएका छन् ।

    रामचन्द्र पौडेलले गत चुनावअघि आफू राष्ट्रपति भएमा भट्टराईलाई उम्मेदवार बनाउने आश्वासन दिएका थिए । भट्टराई तनहुँ–१ मा सत्तारुढ गठबन्धनबाट साझा उम्मेदवार बनाउने तयारी छ । निर्वाचन आयोगले प्रतिनिधि सभाका ३ रिक्त स्थानमा वैशाख १० गते उपनिर्वाचन गर्ने मिति तोकेको छ ।

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार