मंगलबार, वैशाख ११ गते २०८१
Logo
मंगलबार, वैशाख ११ गते २०८१

सरकारलाई दिएको समर्थन फिर्ता लिए लगत्तै लुम्बिनीको मुख्यमन्त्रीमा डिल्ली चौधरीको दाबी पेश

सरकारलाई दिएको समर्थन फिर्ता लिए लगत्तै लुम्बिनीको मुख्यमन्त्रीमा डिल्ली चौधरीको दाबी पेश

साझा पोष्ट
आइतबार, चैत १२ २०७९
  • images
    सरकारलाई दिएको समर्थन फिर्ता लिए लगत्तै लुम्बिनीको मुख्यमन्त्रीमा डिल्ली चौधरीको दाबी पेश
    images

    दाङ । नेपाली कांग्रेस लुम्बिनीका संसदीय दलका नेता डिल्ली बहादुर चौधरीले मुख्यमन्त्रीको लागि दाबी पेश गरेका छन्। सत्तारुढ घटक माओवादीसहितका ६ दलले समर्थन फिर्ता लिएलगत्तै ८ दलका ५४ जना सांसदको समर्थनमा संसदीय दलका नेता चौधरीले मुख्यमन्त्रीका लागि दाबी पेश गरेका हुन् ।


    images
    images

    कांग्रेसका चौधरी, माओवादी केन्द्रका जोखबहादुर महरा, नागरिक उन्मुक्ति पार्टीका धर्मबहादुर चौधरी, लोकतान्त्रिक समाजवादी पार्टीका सन्तोषकुमार पाण्डेय, जनमतका चन्द्रकेश गुप्ता, जनता समाजवादी पार्टीका भण्डारीलाल अहिर, नेकपा एकीकृत समाजवादीका भगवती अधिकारी, राष्ट्रिय जनमोर्चाका तारा थापा र स्वतन्त्र सांसद खड्ग बहादुर बस्नेतले हस्ताक्षर गरेर चौधरीलाई मुख्यमन्त्रीमा नियुक्त गर्न माग गरेका हुन् । 

    आजै ६ दलले मुख्यमन्त्री लिला गिरीलाई दिएको समर्थन फिर्ता लिएका थिए। मन्त्रीहरुले मुख्यमन्त्रीलाई राजीनामा बुझाएपछि प्रदेश प्रमुख अमिक शेरचनलाई भेटेर समर्थन फिर्ता लिएको जानकारी गराएका थिए। नेकपा माओवादी केन्द्र, जसपा, लोसपा, जनमत, नागरिक उन्मुक्ति पार्टी र नेकपा एकीकृत समाजवादीले समर्थन फिर्ता लिएका हुन्। फिर्ता लिनेमा एक स्वतन्त्र सांसद पनि छन्।

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार