बिहीबार , वैशाख १३ गते २०८१
Logo
बिहीबार , वैशाख १३ गते २०८१

बर्दिबासबाट ११ दिन हिँडेर काठमाडौं आइपुगे ८५ जना मिटरब्याज पीडित (तस्बिरसहित)

बर्दिबासबाट ११ दिन हिँडेर काठमाडौं आइपुगे ८५ जना मिटरब्याज पीडित (तस्बिरसहित)

साझा पोष्ट
आइतबार, चैत १२ २०७९
  • images
    बर्दिबासबाट ११ दिन हिँडेर काठमाडौं आइपुगे ८५ जना मिटरब्याज पीडित (तस्बिरसहित)
    images

    काठमाडौं । मिटरब्याजविरुद्ध प्रधानमन्त्रीलाई आवाज सुनाउन बर्दिबासबाट मार्च सुरु गरेका पीडितहरु आइतबार काठमाडौं उपत्यका प्रवेश गरेका छन् । महोत्तरीको बर्दिबास हुँदै चन्द्रनिगाहपुर, हेटौडा, भीमफेदी र चन्द्रागिरि हुँदै ८५ जना पीडित ११औं दिनमा काठमाडौं आइपुगेका हुन् ।


    images
    images

    Miter_Byaj_Pidit (1)1679830447.JPG

    गत चैत २ गते महोत्तरीको बर्दिबासबाट पैदल यात्रामार्फत काठमाडौँ हिँडेका उनीहरू मिटरब्याजीविरुद्ध संघर्ष गर्न केन्द्रीय राजधानी काठमाडौँ आइपुगेका हुन् । आफ्ना माग पुरा नभएसम्म अब घर नफर्कने उनीहरूको भनाइ छ ।

    Miter_Byaj_Pidit (4)1679830462.JPG

    आफ्ना माग सरकारले नसुनेपछि प्रधानमन्त्री समक्ष माग सुनाउन भन्दै उनीहरूले ११ दिनअघि महोत्तरीदेखि पैदल यात्रा सुरु गरेका थिए । आइतबार दिउँसो उनीहरू मातातीर्थको कुण्ड नजिकै रहेको पौवामा बसेका छन् । 

    Miter_Byaj_Pidit (1)1679830478.gif

    आइतबार बिहानै उनीहरू मकवानपुरको फाखेलबाट हिँडेर चन्द्रागिरि नगरपालिकाको मातातीर्थ आइपुगेको मातातीर्थ आइपुगेका हुन् । 

    Miter_Byaj_Pidit (2)1679830495.gif

    Miter_Byaj_Pidit (2)1679830517.JPG

    Miter_Byaj_Pidit (3)1679830548.JPG

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार