Sajha Post
नवलपुरमा भेटियो मुला र गाजर जसरी सुकाएका बम

नवलपुर । नवलपुरको सर्दीमा बेवारिसे अवस्थामा बम फेला परेको छ । आइतबार दिउँसो बारीमा मुला र गाजर सुकाएजस्तै गरी बम देखिएपछि स्थानीय जनप्रतिनिधिले प्रहरीलाई खबर गरेका थिए ।

सर्दीका स्थानीय बासिन्दा रुकेश सरामुका अनुसार आफ्ना बाबुनानीले जंगलनजिकै बारीमा बम फेला परेको हो । बिनयी त्रिवेणी गाउँपालिकाको वडा ५ धुर्कोट भेडीगाउँको बारीमा चौपाया चराउन गएका किसानले देखेपछि खोतल्दै जाँदा एकै ठाउँमा ९ वटा बम देखिएको थियो ।

भारतीय सेनाका पूर्वसैनिकसमेत रहेका सरामुका अनुसार ती ८१ एमएम मोटरको बम  हुन् । साथै ५२ सय मिटर रेन्जका ती बम जमिनमा विस्फोट हुँदा १ सय ८० मिटर वरपरको क्षेत्र ध्वस्त पार्ने सरामुले दाबी गरेका छन् । 

जिल्ला प्रहरी कार्यालयका निमित्त प्रमुख सन्तोष पाठकले यसबारेमा अनुसन्धान भइरहेको बताए । बम कसले कुन उद्देश्यका लागि राखेको हो भन्ने स्पष्ट भइसकेको छैन । 

प्रकाशित मिति: आइतबार, चैत १२, २०७९  २१:१३
प्रतिक्रिया दिनुहोस्
Weather Update