शनिबार, वैशाख ८ गते २०८१
Logo
शनिबार, वैशाख ८ गते २०८१

साफ यू-१७ महिला च्याम्पियनसिपमा नेपालको उपाधि जित्ने सम्भावना सकियो

साफ यू-१७ महिला च्याम्पियनसिपमा नेपालको उपाधि जित्ने सम्भावना सकियो

साझा पोष्ट
आइतबार, चैत १२ २०७९
  • images
    साफ यू-१७ महिला च्याम्पियनसिपमा नेपालको उपाधि जित्ने सम्भावना सकियो
    images

    बंगलादेशको ढाकामा भइरहेको साफ यू १७ महिला च्याम्पियनसिपमा नेपालले दोस्रो हार बेहोरेको  छ । दोस्रो हारपछि नेपालको उपाधि जित्ने सम्भावना सकिएको छ ।


    images
    images

    आइतबार ढाकास्थित बीएसएसएस मोस्ताफा कमल स्टेडियममा भएको आफ्नो तेस्रो खेलमा नेपाल रुससँग ३-० ले पराजित भएको हो ।

    बलियो टोली रुस विरुद्ध नेपालले ६२ मिनेटसम्म रक्षात्मक खेल्दै गोल गर्न दिएको थिएन । तर त्यसपछि रुसले तीन गोल गर्‍यो ।  गत नोभेम्बरमा बंगलादेशमै भएको साफ यू १५ महिला च्याम्पियनसिपको उपाधि जितेको नेपाल उपाधि जित्ने लक्ष्यसहित बंगलादेश पुगे पनि दुई हारपछि सम्भावना समाप्त भएको हो ।

    यसअघि नेपाल पहिलो खेलमै भारतसँग पराजित भएको थियो भने दोस्रो खेलमा भुटानलाई हराएको थियो । लगातार तीन जितपछि युरोपियन टिम रुसले उपाधि सम्भावना बलियो बनाएको छ ।

    तीन खेलबाट ३ अंक मात्र रहेको नेपाल पाँच राष्ट्र सम्मिलित प्रतियोगिताको चौथो स्थानमा छ । नेपालले अब अन्तिम खेल घरेलु टोली बंगलादेशसँग मंगलबार खेल्नेछ ।

    उक्त खेल जिते पनि नेपालले शीर्ष स्थानको रुसलाई भेट्ने छैन । लगातार तीन खेल जित्दै रुस ९ अंक जोडेर शीर्ष स्थानमा छ । रुस प्रतियोगितामा अपराजित एक्लो टोली हो । 

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार