शुक्रबार, चैत १६ गते २०८०
Logo
शुक्रबार, चैत १६ गते २०८०

क्रिकेटर सन्दीपविरुद्धको मुद्दाको फैसला पेशी स्थगित

क्रिकेटर सन्दीपविरुद्धको मुद्दाको फैसला पेशी स्थगित

काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दाको फैसलाको पेशी स्थगित भएको छ । काठमाडौं जिल्ला अदालतमा आजका लागि तोकिएको मुद्दाको पेशी सन्दीप पक्षको वकिलको निवेदनमा स्थगित गरिएको हो । बलात्कार आरोपको फैसलाका लागि थुनछेक आदेश गरेका न्यायाधीश माधवप्रसाद घिमिरेको इजलासमा  मुद्दाको पेशी परेको थियो ।

साझा पोष्ट
सोमबार, चैत १३ २०७९
  • images
    क्रिकेटर सन्दीपविरुद्धको मुद्दाको फैसला पेशी स्थगित
    images

    काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दाको फैसलाको पेशी स्थगित भएको छ । काठमाडौं जिल्ला अदालतमा आजका लागि तोकिएको मुद्दाको पेशी सन्दीप पक्षको वकिलको निवेदनमा स्थगित गरिएको हो ।


    images
    images

    बलात्कार आरोपको फैसलाका लागि थुनछेक आदेश गरेका न्यायाधीश माधवप्रसाद घिमिरेको इजलासमा  मुद्दाको पेशी परेको थियो । यसअघि घिमिरेको इजलासले सन्दीपलाई मुद्दा पुर्पक्षका लागि थुनामा पठाउने आदेश गरेको थियो । तर, पाटन उच्च अदालतले जिल्लाको आदेश उल्टाउँदै उनलाई २० लाख रूपैयाँ धरौटीमा छाडेको थियो ।

    उच्च अदालतले सन्दीपलाई काठमाडौं छाड्न अनुमति लिनुपर्ने र विदेश जान भने प्रतिबन्ध लगाउने आदेश गरेको थियो। त्यसविरुद्ध दुवै पक्ष सर्वोच्च पुगेका थिए। 

    सर्वोच्च अदालतले सन्दीपलाई विदेश जान लागेको प्रतिबन्ध फुकुवा गर्दै यो मुद्दा तत्काल टुंग्याउन जिल्ला अदालतलाई आदेश दिएको थियो। सर्वोच्चको आदेशसँगै सन्दीप युएइमा क्रिकेट खेलेर फर्किएका थिए। 

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार