शुक्रबार, वैशाख ७ गते २०८१
Logo
शुक्रबार, वैशाख ७ गते २०८१

काठमाडौंका मेयर बालेन शाहविरुद्ध प्रर्दशन

काठमाडौंका मेयर बालेन शाहविरुद्ध प्रर्दशन

साझा पोष्ट
सोमबार, चैत १३ २०७९
  • images
    काठमाडौंका मेयर बालेन शाहविरुद्ध प्रर्दशन
    images

    काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहविरुद्ध प्रर्दशन भएको  छ।संविधान र कानुन विपरित सुकुम्बासीहरुलाई उठिबास लगाउने कामको नेतृत्व लिएको भन्दै भूमिहीन सुकुम्बासीले मेयर शाहविरुद्ध सोमबार काठमाडौंको माईतीघर मण्डलादेखि नयाँ बानेश्वरसम्म र्‍यालीसहित विरोध प्रर्दशन गरेका हुन । 
     


    images
    images

    पक्राउ परेका भूमि अभियन्ताहरुलाई निःशर्त रिहा गर्न, उनीहरुमाथि लगाइएको सबै झुटा मुद्दा खारेज गर्न र भूमिहीनहरुलाई जग्गाधनी पूर्जा दिन उनीहरुको माग छ ।

    आफूहरुलाई उठिबास लगाउने काममा काठमाडौं महानगरपालिका लागेपछि त्यसको विरोधमा प्रदर्शनलाई निरन्तरता दिनु परेको संयुक्त राष्ट्रिय सुकुम्बासी मोर्चा, नेपालका अध्यक्ष कुमार कार्कीले बताए ।

    उनले संविधान, भूमिहीनहरुलाई जग्गाधनी पूर्जा दिनुको साटो कानुन विपरीत उठिबास लगाउने प्रयास काठमाडौं महानगरपालिकाले गरिरहे थप कडा आन्दोलनमा जान बाध्य हुने चेतावनी समेत दिए ।

    bhumi 21679903922.jpg

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार