बिहीबार , वैशाख १३ गते २०८१
Logo
बिहीबार , वैशाख १३ गते २०८१

चैत १७ गतेदेखि भृकुटीमण्डपमा २४ औं 'फ्लोरा एक्स्पो' 

चैत १७ गतेदेखि भृकुटीमण्डपमा २४ औं 'फ्लोरा एक्स्पो' 

साझा पोष्ट
सोमबार, चैत १३ २०७९
  • images
    चैत १७ गतेदेखि भृकुटीमण्डपमा २४ औं 'फ्लोरा एक्स्पो' 
    images

    काठमाडौं । फ्लोरिकल्चर एशोसिएशन नेपालले चैत १७ गतेदेखि २० गतेसम्म फ्लोरा एक्स्पो गर्ने भएको छ । 
    सोमवार एशोसिएशनले पत्रकार सम्मेलन गर्दै चैत १७ गतेदेखि २० गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा २४ औं फ्लोरा एक्स्पो  गर्न लागेको जानकारी दिएको हो ।


    images
    images

     एक्स्पोमा ६२ वटा व्यवसायिक स्टल,ल्याण्डस्केपिङ ३ वटा,अफिसियल स्टल १०,प्रतियोगिता प्रदर्शनी ३ र २ वटा फुड स्टलसहति ८० स्टल रहनेछन ।  मेलामा मौसमी फूल फूल्ने तथा नफूल्ने आलंकारीक बिरुवा,कटफ्लावर,सुनाखरी,कम्पोष्ट मल,फूलको गानो बीउबिजन लगायत बिक्री कक्षमा राखिनेछ । प्रदर्शनीमा व्यवसायीहरुले उत्पादन गरेका बिरुवाबीच प्रतिष्पर्धा गराएर नगद पुस्कारले समेत पुरस्कृत गरिनेछ । 

    त्यस्तै,एशोसिएशनका अध्यक्ष मिनबहादुर तामाङले अहिलेसम्म ४५ वटा स्टलहरु बुकिङ भएको जानकारी दिए ।  प्रदर्शनीमा प्रवेश गर्नको लागि विद्यार्थीहरुलाई एकसय र अन्यलाई १५० रुपैयाँ प्रवेश शुल्क तोकिएको छ । पत्रकार सम्मेलनमा बोल्दै मेला संयोजक शिवबहादुर खड्काले पुष्प व्यवसायको विकास र बिस्तार तथा प्रवद्र्धन गर्ने  एक्स्पो गर्न लागिएको जानकारी दिँदै पुष्प प्रदर्शनीले प्रत्यक्ष एवं परोक्ष रुपमा पुष्प व्यवसायको विकास र प्रवद्र्धनमा महत्वपूर्ण योगदान गर्ने  विश्वास व्यक्त गरे । 
     

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार