शनिबार, वैशाख ८ गते २०८१
Logo
शनिबार, वैशाख ८ गते २०८१

मिटरब्याज पीडितलाई छिर्न नदिन खुल्लामञ्चको गेटमा भोटे ताल्चा (तस्बिरसहित)

मिटरब्याज पीडितलाई छिर्न नदिन खुल्लामञ्चको गेटमा भोटे ताल्चा (तस्बिरसहित)

काठमाडौं । मिटर ब्याज पीडितलाई काठमाडौं महानगरपालिकाको नगर प्रहरीले खुलामञ्च प्रवेश गर्न रोक लगाएको छ । विभिन्न जिल्लाबाट ११ दिन पैदल हिँडेर काठमाडौं आएका मिटरब्याज पीडित वीर अस्पताल अगाडिको गेटबाट खुलामञ्च प्रवेश गर्न खोजेका थिए । 

साझा पोष्ट
सोमबार, चैत १३ २०७९
  • images
    मिटरब्याज पीडितलाई छिर्न नदिन खुल्लामञ्चको गेटमा भोटे ताल्चा (तस्बिरसहित)
    images

    काठमाडौं । मिटर ब्याज पीडितलाई काठमाडौं महानगरपालिकाको नगर प्रहरीले खुलामञ्च प्रवेश गर्न रोक लगाएको छ । विभिन्न जिल्लाबाट ११ दिन पैदल हिँडेर काठमाडौं आएका मिटरब्याज पीडित वीर अस्पताल अगाडिको गेटबाट खुलामञ्च प्रवेश गर्न खोजेका थिए । 


    images
    images

    Miter_Byaj_Pidit (1)1679917952.gif

    तर महानगरपालिकाको नगर प्रहरीले गेटमा उनीहरुलाई रोकेको हो । त्यसपछि मिटरब्याज पीडितले मेयर बालेन साहविरुद्ध नाराबाजी गरेका छन् । खुला मञ्चमा बिरोध कार्यक्रम गर्न आइतबार नै महानगरका मेयर र जिल्ला प्रशासन कार्यालयमा अनुमति माग गरेको तर सुनुवाई नभएको मिटरब्याज पीडितहरुले बताएका छन् । 

    Miter_Byaj_Pidit (2)1679917982.gif

    खुलामञ्च प्रवेश गर्न नदिएपछि उनीहरु वीर अस्पताल अगाडिको सडकमै बसेका छन् । मिटरब्याज पीडित संघर्ष समितिका संयोजक मनोज पासवानले घरखेत लुटिएर न्याय माग्न आउँदा पनि खुल्लामञ्चमा बस्न नदिएको गुनासो गरे । 

    Miter_Byaj_Pidit (1)1679917973.jpg
    पीडितहरू खुलामञ्चमा आउने थाहा पाएपछि महानगरले खुलामञ्चमा नगर प्रहरी तैनाथ गर्नुका साथै प्रवेशद्वारामा ताल्चा मारेको छ । काठमाडौं नगर प्रहरी प्रमुख राजु पाण्डेले पीडितहरूलाई बस्न गौशाला स्थित धर्मशालामा व्यवस्था गरिएकाले खुलामञ्चमा बस्न नदिएको बताए ।

    Miter_Byaj_Pidit (3)1679918024.gif

    Miter_Byaj_Pidit (3)1679918049.jpg

    Miter_Byaj_Pidit (4)1679918066.jpg

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार