बिहीबार , वैशाख १३ गते २०८१
Logo
बिहीबार , वैशाख १३ गते २०८१

मन्त्रालय भागबण्डा गर्न आज सत्ता साझेदार दलको बैठक बस्दै

मन्त्रालय भागबण्डा गर्न आज सत्ता साझेदार दलको बैठक बस्दै

साझा पोष्ट
मंगलबार, चैत १४ २०७९
  • images
    मन्त्रालय भागबण्डा गर्न आज सत्ता साझेदार दलको बैठक बस्दै
    images

    काठमाडौं । सत्ता साझेदार दलहरूको बैठक आज बस्दैछ । बैठक अपराह्न ४ बजे बस्नेछ । बैठकले मन्त्रालय भागबण्डा टुंगो लगाउनेछ ।


    images
    images

    प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार बसेको गठबन्धनका शीर्ष तीन दलका शीर्ष नेताको बैठकले  मन्त्रालय भागबन्डा टुंगो लगाउन आज साझेदार दलहरू बीच बैठक बस्ने निर्णय गरेका थिए ।

    बैठकमा दलहरूबीच मन्त्रालयको भागबन्डा मिले प्रधानमन्त्री प्रचण्डले आजै मन्त्रिपरिषद् विस्तार गर्ने तयारी गरेका छन् ।

    प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिइसके पनि सत्तागठबन्धन आबद्ध दलहरु बीच भागबन्डामा कुरा नमिल्दा सरकार विस्तारमा ढिलाइ भइरहेको छ ।प्रधानमन्त्री प्रचण्डले मन्त्री भागबन्डाको प्रस्ताव पेस गरे पनि त्यसमा सदै साझेदार दलहरूबीच सहमति भइसकेको छैन ।

    नेपाली कांग्रेस, माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, जनता समाजवादी पार्टी, जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी सत्ता गठबन्धनमा आबद्ध छन् ।

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार