शुक्रबार, चैत १६ गते २०८०
Logo
शुक्रबार, चैत १६ गते २०८०

मिटरब्याज पीडितहरु विहानैदेखि प्रदर्शनमा, जुलुश बालुवाटारतिर लाग्यो

मिटरब्याज पीडितहरु विहानैदेखि प्रदर्शनमा, जुलुश बालुवाटारतिर लाग्यो

काठमाडौं । मिटरब्याजी पीडितहरुले आज बिहानैबाट बिरोध प्रदर्शन शुरु गरेका छन् ।  पीडितहरुले आज बिहानैदेखि काठमाडौंको टंगालमा बिरोध प्रदर्शन गरेका हुन् । तराईका विभिन्न जिल्लाबाट ११ दिनसम्म हिँडेर काठमाडौं आएका मिटरब्याज पीडितहरुले सोमवार खुलामञ्चअघि प्रदर्शन गेका थिए भने आज भने त्यहाँबाट हिँड्दै उनीहरु प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारतर्फ लागेका छन् ।

साझा पोष्ट
मंगलबार, चैत १४ २०७९
  • images
    मिटरब्याज पीडितहरु विहानैदेखि प्रदर्शनमा, जुलुश बालुवाटारतिर लाग्यो
    images

    काठमाडौं । मिटरब्याजी पीडितहरुले आज बिहानैबाट बिरोध प्रदर्शन शुरु गरेका छन् । 
    पीडितहरुले आज बिहानैदेखि काठमाडौंको टंगालमा बिरोध प्रदर्शन गरेका हुन् । तराईका विभिन्न जिल्लाबाट ११ दिनसम्म हिँडेर काठमाडौं आएका मिटरब्याज पीडितहरुले सोमवार खुलामञ्चअघि प्रदर्शन गेका थिए भने आज भने त्यहाँबाट हिँड्दै उनीहरु प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारतर्फ लागेका छन् ।


    images
    images

    meter byaj 11679973406.jpeg

    सडकमै रात बिताएर उनीहरु बालुवाटार तर्फ लागेका छन् । पीडितहरु खुलामञ्चमा बस्नको लागि आएपनि काठमाडौं महानगरपालिकाको नगरप्रहरीले खुलामञ्च प्रवेशमा रोक लगाएपछि उनीहरु खुलामञ्च बाहिरको सडकमा नै सोमवारको रात बिताएका थिए ।

    meter byaji1679973489.jpeg

    पीडितहरुले महानगरपालिकाले खुलामञ्च प्रवेशमा रोक लगाएको भन्दै काठमाडौंका मेयर बालेन साहबिरुद्ध नाराबाजी समेत गरेका थिए । उनीहरुले मिटरब्याजीलाई कारबाही गर्, पीडितलाई न्याय दे, तमसुक व्यवस्था खारेज गर् लगायतका नारा लगाइ र प्लेकार्ड बोकेर बिरोध गरेका छन् । 

    Miter_Byaj_Pidit (1)1679917973.jpg

     

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार