बिहीबार , वैशाख १३ गते २०८१
Logo
बिहीबार , वैशाख १३ गते २०८१

इन्जिनियरको लाइसेन्स परीक्षामा ७१.५ प्रतिशत परीक्षार्थी फेल

इन्जिनियरको लाइसेन्स परीक्षामा ७१.५ प्रतिशत परीक्षार्थी फेल

काठमाडौं । इन्जिनियरको लाइसेन्स परीक्षामा ७१ प्रतिशत परीक्षार्थी फेल भएका छन् ।परीक्षामा सहभागी १ हजार ९८१ जना मध्ये  ५६५ जनामात्र पास भएका हुन। ११ जनाको परीक्षा रद्द गरिएको छ । अर्थात ७१.५ प्रतिशत परीक्षार्थी फेल भएका छन । २८.५ प्रतिशत मात्र परीक्षार्थी पास भएका छन् । 

साझा पोष्ट
मंगलबार, चैत १४ २०७९
  • images
    इन्जिनियरको लाइसेन्स परीक्षामा ७१.५ प्रतिशत परीक्षार्थी फेल
    images

    काठमाडौं । इन्जिनियरको लाइसेन्स परीक्षामा ७१ प्रतिशत परीक्षार्थी फेल भएका छन् ।परीक्षामा सहभागी १ हजार ९८१ जना मध्ये  ५६५ जनामात्र पास भएका हुन। ११ जनाको परीक्षा रद्द गरिएको छ । अर्थात ७१.५ प्रतिशत परीक्षार्थी फेल भएका छन । २८.५ प्रतिशत मात्र परीक्षार्थी पास भएका छन् । 


    images
    images

    नेपाल इन्जिनियरिङ परिषदले यस वर्ष चैत दोस्रो साता पहिलो पटक इन्जिनियरिङ व्यवसाय दर्ताका लागि लाइन्सेन्स परीक्षा लिएको थियो ।
    लाइसेन्सका लागि २ हजार ६ जनाले आवेदन फारम भरेका थिए । तर परीक्षामा भने  १ हजार ९८१ जना मात्रै सहभागी भएका थिए । 

    इन्जिनियर उत्तीर्ण गरेकाहरुले इन्जियरिङ व्यवसायका लागि काउन्सिलमा दर्ता हुनुपर्ने व्यवस्था छ । यसअघि परिषदले शैक्षिक प्रमाणपत्रको आधारमा दर्ता नम्बर उपलब्ध गराउँथ्यो । त्यसबाट गुणस्तरमा प्रश्न उठेपछि परिषदले परीक्षामा पास भएकाहरुलाई मात्र लाइन्सेन्स दिन थालेको हो ।

    नेपालमा इन्जिनियरिङ विषय पढाइ हुने ५० भन्दा बढी कलेजहरुबाट बर्सेनि आठ हजार विद्यार्थीले उच्च शिक्षा हासिल गर्दछन् । त्यस अतिरिक्त भारतलगायत देशबाट पनि उच्च शिक्षा लिनेहरु छन् । परिषद्का अनुसार अहिलेसम्म शैक्षिक प्रमाणपत्रको आधारमा ७७ हजारले लाइसेन्स लिइसकेका छन् ।

     

     

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार