Sajha Post
मिटरब्याज पीडितलाई भेट्न गृह मन्त्रालयका प्रतिनिधि टंगालमा, माग पुरा गर्ने आश्वासन

काठमाडौं ।   मिटरब्याजी पीडितलाई भेट्न गृह मन्त्रालयका प्रतिनिधि टंगाल पुगेका छन् ।

११ दिन पैदल हिँडेर सोमबार आइपुगेका पीडितहरू मंगलबार बिहानै प्रधानमन्त्री भेट्ने भन्दै बालुवाटार हिँडेका थिए । तर उनीहरूलाई प्रहरीले टंगालमै रोकेर राखेको छ ।

प्रहरीले बालुवाटारतर्फ जान नदिएपछि पीडितहरू टंगालमै धार्नामा बसेका हुन् । त्यहाँ पुगेर गृह मन्त्रालयका सहसचिव केदारनाथ शर्मा, काठमाडौंका प्रमुख जिल्ला अधिकारी घनश्याम उपाध्याय, काठमाडौंका प्रहरी प्रमुख दानबहादुर कार्की लगायतको टोली टंगाल पुगेर पीडितका माग सम्बोधन गर्ने प्रयास भइरहेको बताएका छन । 

meter byaj tangal1679979096.jpeg

‘कतिपय विषय कानुन बनाएर संशोधन गर्नुपर्ने छन् । प्रहरी प्रशासन मात्रै भनेर सबै गर्न सकिने कुरा भएन’, सहसचिव शर्माले भने, ‘कानुन बनाउन समय लाग्छ । कानुन बनाउने काम अघि बढेको छ । प्रमुख जिल्ला अधिकारीले पनि काम गरिरहनुभएको छ ।’ उनले सरकारले ३४६ जनाको समस्या समाधान भइसकेको भन्दै बाँकी समस्या समाधान गर्न सरकारले प्रयास गरिरहेको बताएका हुन् । साथै उनले पीडितहरूले प्रधानमन्त्रीलाई भेट्ने चाहाना राखेकाले त्यसको समन्वयका लागि समेत आफूले पहल गर्ने बताए ।   

machhapuchhre bank

‘उहाँहरूले आफ्ना समस्या प्रधानमन्त्रीलाई जाहेर गर्ने भन्नुभएको छ, त्यो भन्ने बित्तिकै सम्भव हुँदैन । म अहिले सम्माननीय प्रधानमन्त्रीलाई भेट्दै छु, भेट्दा उहाँहरूको कुरा जाहेर गर्छु’, शर्माको भनाइ छ । 

 

प्रकाशित मिति: मंगलबार, चैत १४, २०७९  १०:३०
प्रतिक्रिया दिनुहोस्
Weather Update