
काठमाडौं । मिटर ब्याज पीडितको आन्दोलनमा ऐक्यबद्धता जनाउन माइतीघर पुगेका राप्रपाका सांसद ज्ञानेन्द्र शाहीविरुद्ध नाराबाजी भएको छ ।
ज्ञानेन्द्र शाही राजावादी र सामन्तवादी भन्दै मिटर ब्याज पीडितले उनीबिरुद्ध नाराबाजी गरेका हुन् । आफूहरुले नागरिक आन्दोलन गरेको भन्दै उनीहरुले राजावादी र सामन्तवादीको समर्थन र ऐक्यबद्धता नचाहिने बताए ।
ज्ञानेन्द्र शाहीले भने आफू जनप्रतिनिधि भएको नाताले नागरिकको समस्या बुझ्न आएको बताएका थिए । तर मिटर ब्याज पीडितले उनको कुरै सुन्न चाहेनन् र उनीबिरुद्ध चर्को नाराबाजी गरे ।
प्रकाशित मिति: मंगलबार, चैत १४, २०७९ १२:५४
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय