बिहीबार , वैशाख १३ गते २०८१
Logo
बिहीबार , वैशाख १३ गते २०८१

शक्ति राष्ट्रको सामर्थ्य बढ्दा हामीलाई सुरक्षा चुनौती : प्रधानमन्त्री

शक्ति राष्ट्रको सामर्थ्य बढ्दा हामीलाई सुरक्षा चुनौती : प्रधानमन्त्री

राष्ट्रिय सुरक्षा तालिमको समापन समारोहमा बोल्दै प्रधानमन्त्रीले  शक्ति राष्ट्रको बढ्दो सामरिक सामर्थ्यले समस्या परेको बताए । उनले सीमा विवाद, जलवायु परिवर्तन, विश्व आर्थिक मन्दी र त्यसको प्रभाव पनि सुरक्षा चुनौती रहेको बताए  । अतिवादी एवं पृथकतावादी सोच, दक्ष जनशक्तिको पलायन, खुला सीमाना र त्यसले निम्त्याउन सक्ने आपराधिक गतिविधि पनि सुरक्षा चुनौतीका रहेको प्रधानमन्त्रीको बुझाई छ ।

साझा पोष्ट
मंगलबार, चैत १४ २०७९
  • images
    शक्ति राष्ट्रको सामर्थ्य बढ्दा हामीलाई सुरक्षा चुनौती : प्रधानमन्त्री
    images

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मुलुकको भू–राजनीतिक अवस्थिति र शक्ति राष्ट्रको सामरिक सामर्थ्य वृद्धिका कारण सुरक्षा चुनौती बढेको बताएका छन् ।


    images
    images

    राष्ट्रिय सुरक्षा तालिमको समापन समारोहमा बोल्दै प्रधानमन्त्रीले  शक्ति राष्ट्रको बढ्दो सामरिक सामर्थ्यले समस्या परेको बताए । उनले सीमा विवाद, जलवायु परिवर्तन, विश्व आर्थिक मन्दी र त्यसको प्रभाव पनि सुरक्षा चुनौती रहेको बताए  । अतिवादी एवं पृथकतावादी सोच, दक्ष जनशक्तिको पलायन, खुला सीमाना र त्यसले निम्त्याउन सक्ने आपराधिक गतिविधि पनि सुरक्षा चुनौतीका रहेको प्रधानमन्त्रीको बुझाई छ ।

    उनले सुरक्षा खतराका नयाँ आयामहरुको थप गहिरो अध्ययन र विश्लेषण गरेर आवश्यक पहलकदमी लिन सैनिक अधिकारीहरुलाई आग्रह पनि गरेका छन् ।
    यसको प्रतिवाद एवं समाधानका लागि राजनीति, अर्थतन्त्र, कुटनीति, सञ्चार तथा सैन्य शक्तिलाई उचित नीति एवं साधन श्रोतले सम्पन्न गराउनुपर्ने उनले बताए । उनले चुनौतीहरुको डटेर सामना गर्न नेपाली सक्षम रहेको पनि उनले बताए ।

    ‘परिवर्तित परिस्थितिमा राष्ट्रिय सुरक्षा नीतिको सही मूल्याङ्कन, अध्ययन र विश्लेषण गर्नु अत्यन्तै जरुरी हुन्छ’, प्रधानमन्त्री प्रचण्डले भने, ‘हाम्रो प्राथमिकता र विश्लेषण सुरक्षा खतराको बहुआयामिक पक्षहरु र त्यसको समाधानको कुशलतामा केन्द्रित हुनुपर्दछ ।’

     

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार