बिहीबार , वैशाख १३ गते २०८१
Logo
बिहीबार , वैशाख १३ गते २०८१

विराटनगरमा पहिचान पक्षधरको आन्दोलन चर्किदै, ४४ सेल अश्रुग्यास र १७ राउण्ड हवाई फायर, २० जना घाइते 

विराटनगरमा पहिचान पक्षधरको आन्दोलन चर्किदै, ४४ सेल अश्रुग्यास र १७ राउण्ड हवाई फायर, २० जना घाइते 

साझा पोष्ट
मंगलबार, चैत १४ २०७९
  • images
    विराटनगरमा पहिचान पक्षधरको आन्दोलन चर्किदै, ४४ सेल अश्रुग्यास र १७ राउण्ड हवाई फायर, २० जना घाइते 
    images

    विराटनगर । प्रदेशको नाम कोशी राखेको विरोधमा आन्दोलनमा उत्रिएका प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । झडप उग्र बन्दै जाँदा प्रहरीले १७ राउण्ड हवाइ फायर र ४४ सेल अश्रुग्यास प्रहार गरेको छ । भिडन्तमा २० जना घाइते भएका छन् ।


    images
    images

    मंगलबार दिउँसो विराटनगरको रोडशेष चोकमा दुई पक्षबीच झडप भएको थियो । झडपमा प्रहरी र आन्दोलनकारी दुवै तर्फ गरी २० भन्दा बढी घाइते भएका हुन् । पहिचानको आधारमा प्रदेशको नामकरण गर्नुपर्ने र कोशी नाम खारेज गर्नुपर्ने माग गर्दै विभिन्न दल र संघसंस्थाका कार्यकर्ताहरु विराटनगरको होटल बिगमा आयोजित कार्यक्रममा प्रदेशसभा सदस्यहरु सहभागी हुने जानकारी पाएपछि घेर्नका लागि विराटनगर पुगेका थिए ।

    दिगो विकास लक्ष्य प्राप्तिका लागि स्रोत व्यवस्थापनसम्बन्धी कार्यशालामा सांसदहरु सहभागी हुने कार्यक्रम थियो । पहिचानका आधारमा नाम राख्न दबाव दिन भन्दै आएका आन्दोलनकारीलाई प्रहरीले रोकेको थियो । सो क्रममा दुई पक्षबीच झडप भएको हो ।

    झडपमा नेपाल प्रहरी र सशस्त्र  प्रहरी बलका १५ जना घाइते भएका छन् । आन्दोलनरत पक्षका ९ जना घाइते भएका प्रहरीले जनाएको छ ।  थिए । डीएसपी विजय श्रेष्ठसहित १५ जना प्रहरी घाइते भएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी नायव उपरीक्षक रञ्जन दाहालले बताए  ।

    गत फागुन १७ गते प्रदेशसभाले प्रदेको नाम कोशी  प्रदेश राखेको थियो । पहिचान पक्षधरले प्रदेश नं १ पुनः नामाङ्कन संयुक्त सङ्घर्ष समिति गठन गरेर पहिचानका आधारमा नाम राख्न माग गर्दै प्रदर्शन गरिरहेका छन् । प्रदर्शनकै क्रममा ५ चैतमा घाइते भएका पदम लिम्बुको १० चैतमा मृत्यु भइसकेको छ ।

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार