Sajha Post
भुटानसँग बराबरी खेल्दै नेपाल थ्री नेसन्स कपको फाईनलमा, उपाधिका लागि लाओससँग खेल्ने

 काठमाडौं । भुटानसँग १–१ को बराबरी खेल्दै नेपाल प्रधानमन्त्री कप त्रिदेशीय फुटबल प्रतियोगिताको फाईनल प्रवेश गरेको छ । नेपालले अब उपाधिका लागि लाओससँग खेल्नेछ । 

नेपालको फुटबल इतिहासमा भुटानसँग यो पहिलो बराबरी हो । यसअघि खेलेका सबै १३ खेल नेपालले जितेको थियो ।

दशरथ रंगशालामा भएको अन्तिम खेलमा १-० ले पछि परेको स्थितिमा नियमित समयको अन्तिम मिनेटमा दिपक सिंह ठकुरीको गोल गर्दै नेपालको हार टारे ।   निशान खड्काको कर्नरमा अनन्त तामाङको हेडर पासमा उनले गाेल गरे । नेपालका लागि यो उनको पहिलो गोल हो । 

लिग चरणका तीनै खेलको समाप्तीमा नेपाल ४ अंकमा शीर्ष स्थानमा रह्यो । यस नतिजाका कारण भुटान प्रतियोगिताबाट बाहिरिएको छ भने लाओस फाइनल पुगेको छ । लाओसको ३ अंक भयो भने भुटान एकै अंकमा सीमित रह्यो ।

प्रकाशित मिति: मंगलबार, चैत १४, २०७९  २०:५०
प्रतिक्रिया दिनुहोस्
Weather Update