बिहीबार , चैत १५ गते २०८०
Logo
बिहीबार , चैत १५ गते २०८०

सरकारले विदेशमा रहेका नेपालीलाई आजदेखि स्वास्थ्य परामर्श सेवा दिने

सरकारले विदेशमा रहेका नेपालीलाई आजदेखि स्वास्थ्य परामर्श सेवा दिने

काठमाडौं । सरकारले विदेशमा रहेका नेपालीलाई स्वास्थ्य परामर्श सेवा दिँदैछ । वैदेशिक रोजगार बोर्डले वैदेशिक रोजगारीमा रहेका नेपालीलाई आज बिहान १० बजेबाट स्वास्थ्य परामर्श सेवा दिन लागेको हो । वैदेशिक रोजगारीमा रहेका नेपालीले टेलिफोनमार्फत आफ्नो स्वास्थ्यको समस्या तथा समाधानको उपायबारे चिकित्सकहरूबाट जानकारी पाउने भएका छन् ।

साझा पोष्ट
बुधबार, चैत १५ २०७९
  • images
    सरकारले विदेशमा रहेका नेपालीलाई आजदेखि स्वास्थ्य परामर्श सेवा दिने
    images

    काठमाडौं । सरकारले विदेशमा रहेका नेपालीलाई स्वास्थ्य परामर्श सेवा दिँदैछ । वैदेशिक रोजगार बोर्डले वैदेशिक रोजगारीमा रहेका नेपालीलाई आज बिहान १० बजेबाट स्वास्थ्य परामर्श सेवा दिन लागेको हो ।


    images
    images

    वैदेशिक रोजगारीमा रहेका नेपालीले टेलिफोनमार्फत आफ्नो स्वास्थ्यको समस्या तथा समाधानको उपायबारे चिकित्सकहरूबाट जानकारी पाउने भएका छन् ।

    नेपालबाट श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा गएर कुनै पनि स्वास्थ्य समस्याको बारेमा प्रवद्र्धनात्मक सेवा दिने उद्देश्यले यो सेवा सुरु गर्न लागिएको वैदेशिक रोजगार बोर्डले जनाएको छ ।

    बोर्डले यो वर्ष अनलाइनमार्फत सेवा दिने बताएको छ । सेवा प्रभावकारी भए अर्को वर्षदेखि गन्तव्य मुलुकमा नै गएर सेवा दिने योजना बोर्डको योजना रहेको छ ।

    यो सेवा लिन चाहने नेपाली श्रमिकले मोबाइल नम्बर ९८५१३४५७०१ र ९८५१३४५७०२ को भाइबर, हवाटस एप वा इमो लगायतका सामाजिक सञ्जालबाट फोन गर्न सक्नेछन् ।

    प्रतिक्रिया हरु
    थप समाचार