बिहीबार , वैशाख १३ गते २०८१
Logo
बिहीबार , वैशाख १३ गते २०८१

अन्तर्राष्ट्रिय खेलमा मेस्सीको सय गोल पुरा, मेस्सीको ह्याट्रिकमा कुराकाओमाथि अर्जेन्टिनाको शानदार जित 

अन्तर्राष्ट्रिय खेलमा मेस्सीको सय गोल पुरा, मेस्सीको ह्याट्रिकमा कुराकाओमाथि अर्जेन्टिनाको शानदार जित 

साझा पोष्ट
बुधबार, चैत १५ २०७९
  • images
    अन्तर्राष्ट्रिय खेलमा मेस्सीको सय गोल पुरा, मेस्सीको ह्याट्रिकमा कुराकाओमाथि अर्जेन्टिनाको शानदार जित 
    images

    काठमाडौं । अर्जेन्टिनी फरवार्ड लियोनल मेस्सीले अन्तर्राष्ट्रिय खेलमा सयौं गोल पुरा गरेका छन् । बुधवार विहान भएको खेलमा कुराकाओलाई अर्जेन्टिनाले ७–० ले हराउँदा मेस्सीले सयौं अन्तर्राष्ट्रिय गोल गरेका हुन ।


    images
    images

    यो खेलमा उनले ह्याट्रिक गरे । अन्तर्राष्ट्रिय खेलमा मेस्सीको गोल संख्या १०२ पुगेको छ । मेस्सी सय गोल पुरा गर्ने तेस्रो खेलाडि हुन । उनीभन्दा अघि पोर्चुगलका क्रिष्टियानो रोनाल्डोको १२२ र इरानका अली दाईको १०९ गोल छ । अलि दाइले सन्यास लिईसकेका छन भने रोनाल्डो अहिले पनि खेलिरहेका छन । 

    मेस्सीको ह्याट्रिक मद्दतमा अर्जेन्टिनाले  कुराकाओमाथि ७–० को फराकिलो जित दर्ता गरेको हो । अर्जेन्टिनाको जितमा मेस्सीले ह्याट्रिकसँगै  निकोलस गोन्जालेज, एन्जो फर्नान्डेज, एन्जल डि मारिया र गोन्जालो मोन्टिएलले समान एक गोल गरे ।

    पहिलो हाफमा ५ गोल गरेको अर्जेन्टिनाले दोस्रो हाफमा दुई गोल थपेको थियो । अर्जेन्टिनामा बुधबार बिहान भएको खेलमा मेस्सीले १७ मिनेटभित्रै ह्याट्रिक पूरा गरेका थिए ।२०औं मिनेटमा पहिलो गोल गरेका मेस्सीले ३३ र ३७औं मिनेटमा गोल गर्दै ह्याट्रिक पूरा गरे । उनको यो ३७औं ह्याट्रिक हो । 

    २३औं मिनेटमा निकोलस गोन्जालेजले तथा ३५औं मिनेटमा एन्जोले गोल गरेका थिए । ७८औं मिनेटमा एन्जल डि मारियाले पेनाल्टीमा गोल गर्दै अर्जेन्टिनालाई फराकिलो जिततर्फ अग्रसर गराए । ८७औं मिनेटमा गोन्जालो मोन्टिएलले गोल गर्दै अर्जेन्टिनालाई फराकिलो जित दिलाए ।

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार