Sajha Post
मिटरब्याजी पीडितलाई मधेस सरकारको समर्थन

जनकपुरधाम । मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले मिटरब्याजीबाट पीडितहरुको आन्दोलनमा आफ्नो समर्थन रहेको जनाएका छन्।

मुख्यमन्त्री यादवले बुधबार विज्ञप्ति जारी गर्दै मिटरब्याज पीडितहरुको हरेक पाइलामा सर्थन रहेको बताउँदै यो समस्या समाधानका लागि संयुक्तरुपमा लड्नुपर्ने बताएका हुन्।

मधेशका मुख्यमन्त्री सरोजकुमार यादवले बुधबार बिहान विज्ञप्ति जारी गर्दै भनेका छन्, ‘ठूलो वेदना बोकेर काठमाडौं पुग्नुभएका मिटरब्याज पीडित हाम्रा दाजुभाइ दिदीबहिनीहरू, तपाईंको हरेक पाइलामा हाम्रो साथ छ, तपाईंको आँसुको हरेक थोपामा हाम्रो पनि सरोकार र दायित्व छ। हामी जिम्मेवारीबाट भाग्न सक्दैनौं।’ 

उनले मिटरब्याज पीडितको समस्या मधेश सरकारको पनि सरोकार र दायित्व भएको बताउँदै सरकारले आन्दोलनलाई साथ दिने बताएका छन्।

१२ दिन हिँडेर काठमाडौं आइपुगेका पीडितहरूरमा काखमा नानी च्यापेका आमाहरू पनि छन्। अहिले उनीहरू काठमाडौंमै आन्दोलन गरिरहेका छन्। यसबीच सरकारले मिटरब्याजका नाममा तराई–मधेशका जिल्लामा व्यापक रूपमा भइरहेको ठगी नियन्त्रण गर्न मुलुकी अपराधसंहिता कानुन संशोधन गर्ने निर्णय गरेको छ। 
saroj-kumar-yadav1680066934.jpg

machhapuchhre bank

प्रकाशित मिति: बुधबार, चैत १५, २०७९  १०:५९
प्रतिक्रिया दिनुहोस्
Weather Update