शुक्रबार, चैत १६ गते २०८०
Logo
शुक्रबार, चैत १६ गते २०८०

प्रकाश न्यौपानेको ‘घाँटी रेट्नलाई’ सार्वजनिक  (भिडियोसहित)

प्रकाश न्यौपानेको ‘घाँटी रेट्नलाई’ सार्वजनिक  (भिडियोसहित)

साझा पोष्ट
बुधबार, चैत १५ २०७९
  • images
    प्रकाश न्यौपानेको ‘घाँटी रेट्नलाई’ सार्वजनिक  (भिडियोसहित)
    images

    काठमाडौं । सर्जक प्रकाश न्यौपानेको शब्द तथा लोकगायक रामचन्द्र चन्द र गायिका समीक्षा अधिकारीको श्वर रहेको ‘घाँटी रेट्नलाई’ बजारमा आएको छ। । 


    images
    images

    गीतमा प्रेम जोडीको वियोगान्त कथालाई मूख्य विषय बनाइएको छ। प्रेम र विश्वासमा घात गरेको र जुन प्रेमलाई सर्वस्व ठानेको त्यहि प्रेमले धोका दिएर घाटी रेटेको भाव समेटिएको गीतको म्युजिक भिडियोमा कलाकार चिरिञ्जीवी सापकोटा, यशु भट्टराई, अन्जना दुलाल र रोयल प्रिन्स सिंहको अभिनय  छ।

    गीतमा नन्दु परियारको संगीत  छ । यस्तै उक्त भिडियोलाई सिर्जन बरालले निर्देशन गरेका हुन्। गीतलाई गायक स्वयम् चन्दको अफिसियल युट्युवमार्फत सार्वजनिक गरिएको छ।

    प्रकाश न्यौपानेले हालसम्म लौ भन मेरो के लायो, मान्छे त काली काली हो, छिटै छोडौ गाउ, मायॅा सारै छ,बेईमान गर्ने धेरै भेटिन्छन, जता हेरेयो उतै हरियो, बल्ल चिन्नि छ्यौ जस्ता दर्जनौ गितमा शब्द लेखन एवं लय सृजना गर्दै आएका छन ।  गीतका रचनाकार पूर्व अंग्रेजी शिक्षक प्रकाश न्यौपाने हाल गृहमन्त्रालयमा कार्यरत छन् ।   

     

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार