Sajha Post
श्रीलंकाको आर्थिक स्थिति सुध्रिएसँगै इन्धनको मूल्य घट्यो
machhapuchhre bank

एजेन्सी । श्रीलङ्काको आर्थिक स्थितिमा सुधार आएसँगै इन्धनको मूल्य घटेको छ । ऊर्जामन्त्री कञ्चना विजेसेकराले भोलि मध्यरातदेखि इन्धनको मूल्य घटाइने बताएका छन्। 

मन्त्री विजेसेकराका अनुसार भोलि मध्यरातपछि पेट्रोलको मूल्यमा प्रतिलिटर ६०, डिजेलमा ८० र मट्टितेलमा १० कायम हुनेछ । अब उपभोक्ताले एक लिटर पेट्रोल  ३४०, डिजेल  ३२५ र मट्टितेल  २९५ मा पाउने छन् । 

अन्तरराष्ट्रिय मुद्रा कोषले ऋण स्वीकृत गरेसँगै इन्धन आपूर्तिकर्ताबाट प्रतिस्पर्धी मूल्य प्राप्त भएकाले इन्धनको मूल्य घटाउने निर्णय सरकारले गरेको ऊर्जामन्त्रीले बताएका छन् । साथै अमेरिकी डलरको  तुलनामा श्रीलङ्काली रुपैयाँ पनि सुदृढ भएको छ । गत वर्ष देशमा इन्धनको मूल्य दुई सय प्रतिशतले बढेको थियो । 

प्रकाशित मिति: बुधबार, चैत १५, २०७९  १७:१३
प्रतिक्रिया दिनुहोस्
Weather Update