शनिबार, वैशाख ८ गते २०८१
Logo
शनिबार, वैशाख ८ गते २०८१

रसुवागढी र केरुङ नाकामा दुईतर्फी व्यापार पूर्णरूपमा सञ्चालन गर्न चीन सहमत

रसुवागढी र केरुङ नाकामा दुईतर्फी व्यापार पूर्णरूपमा सञ्चालन गर्न चीन सहमत

काठमाडौं । कोरोना महामारीका कारण तीन वर्ष ठप्प भएका प्रमुख दुई नाका खोल्न चीन सहमत भएको छ । हिजो ल्हासामा नेपाल–चीन सीमा व्यापार तथा सहयोग समन्वय संयन्त्रको पहिलो बैठकमा तत्काल रसुवागढी–केरुङ र वैशाख तेस्रो हप्तादेखि तातोपानी–झाङ्मु नाकामा आवतजावत नियमित गर्ने सहमति भएको हो ।

साझा पोष्ट
बिहीबार , चैत १६ २०७९
  • images
    रसुवागढी र केरुङ नाकामा दुईतर्फी व्यापार पूर्णरूपमा सञ्चालन गर्न चीन सहमत
    images

    काठमाडौं । कोरोना महामारीका कारण तीन वर्ष ठप्प भएका प्रमुख दुई नाका खोल्न चीन सहमत भएको छ । हिजो ल्हासामा नेपाल–चीन सीमा व्यापार तथा सहयोग समन्वय संयन्त्रको पहिलो बैठकमा तत्काल रसुवागढी–केरुङ र वैशाख तेस्रो हप्तादेखि तातोपानी–झाङ्मु नाकामा आवतजावत नियमित गर्ने सहमति भएको हो ।


    images
    images

    बैठकपछि ल्हासामा रहेको नेपाली महावाणिज्य दूतावासले दुवै पक्षबीच चैत १८ गतेदेखि रसुवागढी–केरुङ नाकामा दुईतर्फी व्यापार र आवतजावत पूर्ण रूपमा सञ्चालन गर्ने सहमति भएको जानकारी दिएको छ । यसैगरी, तातोपानी नाकामा एक महिनापछि वैशाख १८ गतेदेखि दुईतर्फी व्यापार र आवागमन नियमित हुनेछ ।

    बैठकमा नेपालका तर्फबाट उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव मधुकुमार मरासिनी र चीनका तर्फबाट तिब्बत स्वायत्त क्षेत्रको जनसरकारका कार्यकारी उपाध्यक्ष चेन योङ्छीले प्रतिनिधिमण्डलको नेतृत्व गरेका थिए ।

    बैठकमा सीमापार व्यापार र नागरिकको आवतजावतलाई अधिकतम स्तरमा सुरु गर्ने, स्थल बन्दरगाहको सहज सञ्चालन, व्यापार सहजीकरण, भन्सार सहयोग, सीमा क्षेत्रको विकास, व्यापारसँग सम्बन्धित पूर्वाधारलगायत सीमा व्यापार र सहकार्यमा सहयोगका नयाँ उपाय खोज्ने विषयमा छलफल भएको थियो । नेपालको अनुरोधमा चिनियाँ पक्षले नेपाल–चीन सीमामा बहुआयामिक प्रयोगशाला स्थापना गर्न विचार गर्न सहमत भएको छ ।

     

     

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार