Sajha Post
टुंगियो भागबण्डा, कुन दललाई कुन मन्त्रालय ?
machhapuchhre bank

काठमाडौं । सत्ता गठनबन्धनमा आवद्ध दलहरूले पाउने मन्त्रालयको भागबन्डा टुंगिएको छ । सत्तारुढ सबैभन्दा ठूलो दल नेपाली कांग्रेसले ८ मन्त्रालय‚ नेकपा माओवादी केन्द्रले ५ ‚ एकीकृत समाजवादी पार्टीले २ मन्त्रालय पाउने भएको छ ।

कांग्रेसले अर्थ, परराष्ट्र, रक्षा‚ सहरी विकास‚ भूमि व्यवस्था‚ सामान्य प्रशासन‚ स्वास्थ्य र कानुन मन्त्रालय मन्त्रालय पाउने भएको छ भने माओवादीले गृह‚ ऊर्जा‚ सञ्चार‚ पर्यटन र महिला तथा बालबालिका मन्त्रालयको जिम्मेवारी पाउने भएको हो ।

त्यस्तै एकीकृत समाजवादीले भौतिक पूर्वाधार र वन मन्त्रालय पाउने भएको छ । त्यस्तै नेपाल समाजवादी पार्टीले खानेपानी तथा सरसफाइ मन्त्रालय‚ जनमत पार्टीले उद्योग, वाणिज्य तथा आपूर्ति‚ नागरिक उन्मुक्ति पार्टीले युवा तथा खेलकुद र जनता समाजवादी पार्टीले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय‚ कृषि तथा पशुपन्छी मन्त्रालय‚ लोकतान्त्रिक समाजवादी पार्टीले श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय पाउने भएको छ । आजै मन्त्रिपरिषद् विस्तार गर्ने तयारी छ । 

प्रकाशित मिति: बिहीबार, चैत १६, २०७९  १५:२७
प्रतिक्रिया दिनुहोस्
Weather Update