शुक्रबार, वैशाख १४ गते २०८१
Logo
शुक्रबार, वैशाख १४ गते २०८१

विराट गोल्डकपको उपाधि विराटनगरलाई 

विराट गोल्डकपको उपाधि विराटनगरलाई 

काठमाडौं । सातौं संस्करणको विराट गोल्डकपको उपाधि  घरेलु टिम विराटनगर सिटीले जितेको छ। विराटनगरको सहिद मैदानमा आज साँझ भएको फाइनल खेलमा पाहुना टोली भारत केरलाको लुका सकर क्लबलाई ४-० ले हराउँदै घरेलु टोलीले उपाधि जितेको हो ।

साझा पोष्ट
बिहीबार , चैत १६ २०७९
  • images
    विराट गोल्डकपको उपाधि विराटनगरलाई 
    images

    काठमाडौं । सातौं संस्करणको विराट गोल्डकपको उपाधि  घरेलु टिम विराटनगर सिटीले जितेको छ। विराटनगरको सहिद मैदानमा आज साँझ भएको फाइनल खेलमा पाहुना टोली भारत केरलाको लुका सकर क्लबलाई ४-० ले हराउँदै घरेलु टोलीले उपाधि जितेको हो ।   विराटनगर सिटीले ६१ वर्षपछि उपाधि उचालेको हो। यसअघि विराटनगरले २०१९ सालमा तत्कालीन महेन्द्र गोल्डकपको दोस्रो संस्करण यही मैदानमा जितेको थियो । 


    images
    images

    विराटनगर सिटीले उपाधिसँगै नगद २० लाख १५ हजार रुपैयाँ हात पारेको छ। उपबिजेता केरलाले १० लाख १५ हजारमा चित्त बुझायो।

    जितमा विराटनगर सिटीका अफिज ओरवा, बिमल घर्तीमगर, मेसुके र अभिषेक गुरूङले गोल गरेका थिए। खेलको सातौं मिनेटमा विराटनगर सिटीका अफिज ओरवाले गोल गरी टिमको सुरुवती अग्रता दिलाए। बिलम घर्ती मगरले निकालेको लामो पासलाई अफिज ओलवाले गोलमा परिणत गरी टिमलाई अग्रता दिलाए।

    ७८ औं मिनेटमा बिमल घर्तिमगरले पेनाल्टी एरियाबाट गोल गरी दोब्बर बनाए। सुजिकीले निकालेको क्रस पासलाई बिमलले गोलमा परिणत गरेका थिए । खेलको ८९ औं मिनेटमा मेसुकेले गोल गरी तेब्बरको अग्रता बनाए। इन्जुरी समयमा विराटनगर सिटीका अभिषेक गुरुङले गोल गरी टिमको जित सुनिश्चत गरेका थिए। केरलाको लुका सकरले प्राप्त मौकाको पनि सदुपयोग गर्न सकेन । र पराजित भयो ।

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार