बिहीबार , वैशाख १३ गते २०८१
Logo
बिहीबार , वैशाख १३ गते २०८१

कर्णालीका मुख्यमन्त्री शर्माले आज दोस्रो पटक विश्वासको मत लिँदै

कर्णालीका मुख्यमन्त्री शर्माले आज दोस्रो पटक विश्वासको मत लिँदै

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले आज दोस्रो पटक विश्वासको मत लिँदैछन् । मुख्यमन्त्रीको रुपमा माघ ६ गते पहिलोपटक विश्वासको मत लिएका शर्माले राप्रपाले सर्मथन फिर्ता लिएपछि दोश्रो पटक पुनः विश्वासको मत लिन लागेका हुन् ।

साझा पोष्ट
शुक्रबार, चैत १७ २०७९
  • images
    कर्णालीका मुख्यमन्त्री शर्माले आज दोस्रो पटक विश्वासको मत लिँदै
    images

    सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले आज दोस्रो पटक विश्वासको मत लिँदैछन् । मुख्यमन्त्रीको रुपमा माघ ६ गते पहिलोपटक विश्वासको मत लिएका शर्माले राप्रपाले सर्मथन फिर्ता लिएपछि दोश्रो पटक पुनः विश्वासको मत लिन लागेका हुन् ।


    images
    images

    विश्वासको मत लिनका लागि अपरान्ह तीन बजे बैठक बोलाइएको छ । कर्णाली प्रदेश सरकारमा अहिले नेकपा एमाले र माओवादी सहभागी छन्। केन्द्रमा सत्ता गठबन्धनमा भएको फेरबदलसँगै कर्णालीमा एमालेले के गर्ला भन्ने चासो छ । नेकपा एमालेले भने कर्णालीमा समर्थन फिर्ता लिएको छैन ।

    कर्णाली प्रदेश सभामा हाल कांग्रेसका १४ सांसद छन् भने माओवादीका १३ सांसद छन् । यस्तै एमालेका १० सांसद हुँदास्वतन्त्र, नेकपा एस र राप्रपाका एक–एक सांसद छन् । एमाले, राप्रपा, नेकपा एकीकृत समाजवादीसहित २५ सांसदको समर्थनमा शर्मा पुस २७ गते मुख्यमन्त्रीमा नियुक्त भएका थिए ।

    माघ ६ गते नेकपा माओवादी केन्द्रका १३, नेकपा एमालेका ९, राप्रपा, नेकपा एकीकृत समाजवादी र स्वतन्त्र एक–एकजना सांसद गरी २५ सांसदको विश्वासको मत पाएका थिए । तर, केन्द्रमा समीकरण फेरिएसँगै राप्रपाका सांसदले समर्थन फिर्ता लिएपछि संवैधानिक व्यवस्थाअनुसार उनले पुनः विश्वासको मत लिन लागेका हुन् ।

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार