
काठमाडौं । प्रधानमन्त्री थ्री नेसन्स कप फुटबलको फाइनल खेल आज हुँदैछ ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने फाइनलमा आयोजक नेपाल र लाओस भिड्दै छन् । खेल साँझ ५ः३० बजे सुरु हुनेछ ।घरेलु समर्थकका साथ नेपाल आफु भन्दा तल्लो वरियताको लाओसलाई हराएर उपाधि उचाल्ने लक्ष्यमा छ ।
नेपालका मुख्य प्रशिक्षक भिन्सेन्जो अल्बर्टो एनीस टोलीले उपाधि जित्नेमा आशावादी छन् । लिग चरणमा अपराजित नेपाल शीर्ष स्थानमा रहँदै फाइनल पुगेको हो । लाओस दोस्रो स्थानमा रहदै नेपालसँगको फाइनल पक्का गरेको हो ।
प्रतियोगिताको पहिलो खेलमा नेपालले लाओसलाई २–० ले हराएको थियो । नेपाल त्यहिँ नतिजालाई कायम राख्न चाहन्छ । लाओस भने पहिलो खेलमा व्यहोरेको हारको बदला लिन चाहन्छ ।प्रतियोगिताको विजेताले ५ हजार अमेरिकी डलर, दोस्रोले ३ हजार डलर पाउने छन्। प्रतियोगिताको उत्कृष्ट खेलाडीले ५ सय अमेरिकी डलर पाउने छन् ।