शुक्रबार, वैशाख ७ गते २०८१
Logo
शुक्रबार, वैशाख ७ गते २०८१

आत्मालोचना नगरे भीम रावललाई कारवाही गर्ने विष्णु पौडेलको चेतावनी 

आत्मालोचना नगरे भीम रावललाई कारवाही गर्ने विष्णु पौडेलको चेतावनी 

काठमाडौं  । नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले नेता भीम रावलले आत्मालोचना नगरे कारवाही हुने चेतावनी दिएका छन ।  शुक्रबार प्रेस चौतारी कैलालीले धनगढीमा आयोजना गरेको पत्रकार सम्मेलनमा पौडेलले रावलले एकपछि अर्को गर्दै पार्टीको हित विपरीत काम गरेको आरोप लगाए ।

साझा पोष्ट
शुक्रबार, चैत १७ २०७९
  • images
    आत्मालोचना नगरे भीम रावललाई कारवाही गर्ने विष्णु पौडेलको चेतावनी 
    images

    काठमाडौं  । नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले नेता भीम रावलले आत्मालोचना नगरे कारवाही हुने चेतावनी दिएका छन । 


    images
    images

    शुक्रबार प्रेस चौतारी कैलालीले धनगढीमा आयोजना गरेको पत्रकार सम्मेलनमा पौडेलले रावलले एकपछि अर्को गर्दै पार्टीको हित विपरीत काम गरेको आरोप लगाए । चितवन महाधिवेशनबाट निर्वाचित पार्टी नेतृत्वविरुद्ध काम गर्दै आएको भन्दै पौडेलले,  आत्मालोचना नगरे उचित निर्णय लिने भन्दै कारवाहीको चेतावनी दिएका हुन ।  रावलले ‘पार्टीका निर्णयविरुद्ध बोल्ने तथा अनुशासन उल्लङ्घन गर्ने काम गरिरहेकाले गल्ती स्वीकार्दै आत्मालोचना गरेर असल नेताको रुपमा अघि बढ्नुपर्ने’  पौडेलले बताए । 

    ‘भीम रावल जीले एउटा पार्टी सदस्य, नेताले गर्नुपर्ने कर्तव्य निर्वाह गर्नुभएको छैन । उहाँले पार्टीको निर्णय मान्नुभएको छैन । अनुशासन उल्लङ्घन गर्नुभएको छ । पार्टी निर्णयविरुद्ध सार्वजनिक रुपमा बोल्नुभएको छ । पार्टीलाई कमजोर पार्ने गतिविधि भइरहेका छन्,’ पौडेलले भने, ‘उहाँले एकपछि अर्को गल्ती गर्दै हुनुहुन्छ । कमरेड भीम रावलले आफ्ना गल्ती स्वीर गर्नुस्, आत्मालोचना गर्नुस् । नीति, विधिलाई पालना गर्नुस् । उहाँ नसचिए पार्टीले उचित निर्णय लिन्छ ।’

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार