बिहीबार , वैशाख १३ गते २०८१
Logo
बिहीबार , वैशाख १३ गते २०८१

अमेरिकी जनतालाई एकपटक नेपाल भ्रमण गर्न महावाणिज्य दुतावासको आग्रह

अमेरिकी जनतालाई एकपटक नेपाल भ्रमण गर्न महावाणिज्य दुतावासको आग्रह

साझा पोष्ट
शुक्रबार, चैत १७ २०७९
  • images
    अमेरिकी जनतालाई एकपटक नेपाल भ्रमण गर्न महावाणिज्य दुतावासको आग्रह
    images

    -गोकुल श्रेष्ठ


    images
    images

    न्यूयोर्क । नेपालमा पर्यटक भित्र्याउने पहल स्वरुप अमेरिकाको न्यूयोर्कमा विशेष कार्यक्रम गरिएको छ । आफूलाई नेपालमा पुनः कल्पना गर्नुहोस् भन्ने नारासहित न्यूयोर्कको म्यानहाटनमा विहीवार नेपाली महावाणिज्य दुतावासले अन्तरक्रिया गरेको हो । नेपाल–अमेरिका कूटनीतिक सम्बन्धको ७५औँ वर्षगाँठका अवसरमा गरिएको कार्यक्रममा दुई देश बीचको पारस्परिक सम्बन्ध, जनसम्पर्क, सद्भाव र पर्यटनका विषयमा चर्चा गरिएको थियो । 
    कार्यक्रममा नेपाली तथा विदेशी सहभागीले नेपाल उत्कृष्ट पर्यटकीय गन्तव्य भएकोले नेपाल भ्रमणमा जानुपर्नेमा जोड दिए । 

    कार्यक्रममा कार्यवाहक महावाणिज्य दुत विष्णुप्रसाद गौतमले  नेपाल पर्यटनका लागि उत्कृष्ट गन्तव्य भएकोले एक पटक नेपाल भ्रमणका लागि अमेरिकी जनतालाई आग्रह गरे । पर्यटकका लागि नेपाल सुरक्षित गन्तव्य भएको समेत उनले प्रष्ट पारे । 

    dhakal newyork1680240879.jpg
    न्युयोर्कस्थित संयुक्त राष्ट्र संघका लागि नेपालका राजदूत तथा स्थायी प्रतिनिधि अमृतबहादुर राईले मनोरञ्जन र साहसिक कार्यका साथै सांस्कृतिक, आध्यात्मिक शिक्षा एवं योगको माध्यमबाट व्यक्तिगत र व्यावसायिक विकासका लागि नेपाल अन्तर्राष्ट्रिय पर्यटन केन्द्र बन्न सक्ने सम्भावना रहेको तर्फ सबैको ध्यानाकर्षण गरे । 

    new york 31680240912.jpg
    त्यस्तै प्यासिफिक एसिया ट्राभल एसोसिएसनका न्यूयोर्क च्याप्टनर अध्यक्ष जोबर्ट ओपुलेन्सियाले नेपालको प्राकृतिक र सांस्कृतिक सम्पदा असाधारण, सुन्दर एवं नेपालीको मन निकै न्यानो भएकोले नेपाललाई आफ्नो मनपर्ने गन्तव्यमा सूचीकृत गर्न ट्राभल तथा टुर अपरेटरलाई आग्रह गरे । त्यस्तै युएस स्टेट डिपार्टमेन्ट अफिस अफ फरेन मिसनका न्यूयोर्क क्षेत्रीय निर्देशक अलेक्ज्याण्डर के.हार्डिनले अमेरिका–नेपाल सम्बन्ध, बढ्दो सामुदायिक र दुई देशबीचको सांस्कृतिक सम्बन्धका बारेमा चर्चा गर्दै नेपाललाई अमेरिकाले निरन्तर सहयोग गरिरहने आश्वासन दिए । 

    मुख्य वक्ता भेनेसा ओब्रायनले नेपाल भ्रमणका क्रममा प्राप्त अनुभव एवं अविस्मरणिय सम्झनाहरु सुनाउँदै उचाइमा पुग्ने, चेतनाको माध्यमबाट साहस खोज्ने र मानवीय क्षमताका सीमा खोज्नेहरूका लागि नेपाल नै अन्तिम गन्तव्य भएको बताए । त्यस्तै लेखक तथा ट्रेकर डा.सेथ सिक्रोफले एडमन्ड हिलारी र तेन्जिङ नोर्गेको सगरमाथाको पहिलो सफल आरोहणबाट नै नेपालको चर्चा चुलिएको र पर्यटनका लागि नेपाल उत्कृष्ट गन्तव्य भएको बताए । 

    newyork 11680240968.jpg
    एनआरएनए अमेरिकाका पूर्व अध्यक्ष तथा सोसलिस्ट इन्टरनेशनलका उपाध्यक्ष, अधिवक्ता खगेन्द्र जीसीले कला र संस्कृतिको प्रवद्र्धन एवं व्यक्ति–व्यक्ति बीचको सम्पर्कले नेपालको पर्यटनमा थप टेवा पुग्ने बताउनु भयो । त्यस्ते टर्किस एयरलाइन्सको न्यूयोर्कस्थित क्षेत्रीय मार्केटिङ प्रबन्धक अल्प ओजामानले टर्किस एयरलाइन्सले अमेरिका र नेपाललाई प्रत्यक्ष जोडेर नेपालको पर्यटन प्रवर्द्धन योगदान पुर्याइरहेको भन्दै नेपालको पर्यटन  प्रवर्द्धन का लागि थप कदम चाल्न तयार रहेको बताए । कार्यक्रमका सहभागीले नेपालमा पर्यटनको सम्भावना र  चुनौतिका बारेमा चर्चा गर्दै नेपालका विभिन्न पर्यटकीय क्षेत्रबारे बनाइएको वृत्तचित्र प्रदर्शन गरिएको थियो । 
    कार्यक्रममा महावाणिज्य दूतावासका अधिकारीहरु, पाटा–न्यूयोर्क च्याप्टरका अधिकारीहरु, सञ्चारकर्मी, ट्राभल एण्ड टुर बिजनेस एक्जिक्युटिभहरुको उपस्थिति थियो ।
    प्यासिफिक एशिया टभल एशोसियसनसंगको सहकार्य एवं क्षेत्री एण्ड एशोसियट्स पीसीको सहयोगमा महावाणिज्य दुतावासले कार्यक्रम गरेको हो ।

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार