Sajha Post
एसईई परीक्षा:  धनुषामा अंग्रेजीको सट्टा नेपालीको प्रश्न पत्र पुग्यो 
machhapuchhre bank

काठमाडौं । देशैभरि एकसाथ आजदेखि माध्यमिक शिक्षा परीक्षा (एसईई) सुरु भएको छ। पहिलो दिन अनिवार्य अंग्रेजी विषयको परीक्षा भएको छ। 

तर धनुषाको एक परीक्षा केन्द्रमा अंग्रेजीको साटो अनिवार्य नेपाली विषयको प्रश्नपत्र पुर्‍याइएको पाइएको छ। जसका कारण त्यहाँ परीक्षा एक घण्टा ढिला सुरु भयो । 

धनुषाको औरही गाउँपालिकामा रहेको चक्कर मावि परीक्षा केन्द्रमा अंग्रेजीको साटो नेपाली विषयको प्रश्नपत्र पुगेपछि परीक्षा निर्धारित समयभन्दा एक घण्टा ढिला सुरु भएको हो। देशभर परीक्षा बिहान ८ बजे सुरु गरिएको थियो । प्राविधिक गडबडीले अंग्रेजी विषयको खाममा नेपाली विषयको प्रश्न पत्र पाइएपछि मुचुल्का गरेर ढिलो गरी पुरीक्षा सुरु गरिएको जिल्ला शिक्षा समन्वय इकाइ धनुषाका प्रमुख युक्त शर्माले जानकारी दिए ।
 

प्रकाशित मिति: शुक्रबार, चैत १७, २०७९  ११:२५
प्रतिक्रिया दिनुहोस्
Weather Update