Sajha Post
पल शाहको कमब्याक भिडियो सार्वजनिक (भिडियो  सहित )

काठमाडौं । लामो समय पछी अभिनेता पल शाहले अभिनय गरेको भिडियो तिमीसंगै हुँदा सार्वजनिक भएको छ । लोकप्रिय गीतकार निशा शर्मा अर्यालको रचनामा तयार पारिएको गीत तिमीसँगै हुँदा ओेएसआर डिजिटलबाट सार्वजनिक भएको हो ।

तिमीसँगै हुँदालाई निर्देशक तथा कोरियोग्राफर दिनेश पाख्रिनले निर्देशन गरेका हुन । अभिनेता पल शाह कानुनी प्रकृया लम्बिदा लामो समय कुनै पनि भिडियो र फिल्ममा देखिएनन् । उनी कानुनी प्रकृया सकेर बाहिर आए लगतै दिनेश पाख्रिन निर्देशित भिडियोमा काम गरेका हुन । 

पहिले नै सम्झौता भए अनुसार पलले तिमीसँगै हुँदामा काम गरेका हुन ।  जनक कार्की नृत्य निर्देशक रहेको गीतमा पलसँगै कला राई फिचर्ड छन् । रोमान्टिक लभस्टोरी गीतमा सन्तोष श्रेष्ठको संगीत र प्रकाश मिश्रको मिक्सिङ रहेको छ ।  

निशा शर्मा अर्यालको शब्दलाई राजु कार्कीले एरेन्ज गरेका हुन  । गीतमा प्रताप दास र अस्मिता अधिकारीको स्वर रहेको छ ।  यस्तै तिमीसँगै हुँदालाई राम केसीले खिचेका हुन भने सम्पादन, कलर र भिएफएक्स टेकेन्द्र शाहको रहेको छ ।  

 

machhapuchhre bank

भिडियो

 

प्रकाशित मिति: शुक्रबार, चैत १७, २०७९  १६:०८
प्रतिक्रिया दिनुहोस्
Weather Update