Sajha Post
जीप दुर्घटना हुँदा नुवाकोटमा २ जनाको मृत्यु, ९ जना घाईते 
machhapuchhre bank

काठमाडौं । नुवाकोटको दुप्चेश्वर गाउँपालिकामा जिप दुर्घटना हुँदा २ जनाको  मृत्यु भएको छ । अन्य ९ जना घाइते भएका छन् । दुप्चेश्वर गाउँपालिका-४ वेतिनिस्थित धारापानीमा शुक्रबार दिउँसो साढे १ बजेतिर ३९८४ नम्बरको टाटा सुमो दुर्घटना भएको हो ।


दुर्घटनामा दुप्चेश्वरकै २५ वर्षीय छिरिङ तामाङ र १६ वर्षीया मनमाया तामाङको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नुवाकोटका डीएसपी खगेन्द्रबहादुर खड्काले जानकारी दिए । उनका अनुसार घाइतेलाई उपचारार्थ तादी गाउँपालिकामा रहेको खरानीटार अस्पताल र काठमाडौंका अस्पतालहरुमा पठाइएको छ ।

जिप ओरालो झर्नेक्रममा भीरबाट करिब ४ सय मिटर तल खसेको छ । दुर्घटनाको कारण खुलेको छैन।

प्रकाशित मिति: शुक्रबार, चैत १७, २०७९  १६:५८
प्रतिक्रिया दिनुहोस्
Weather Update