
काठमाडौं । कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले विश्वासको मत पाएका छन् । शुक्रबार दिउँसो बसेको प्रदेशसभाको बैठकमा मुख्यमन्त्री शर्मालाई नेकपा एमाले सहितका चार दलका ३८ सांसदले विश्वासको मत दिएका हुन् ।
मतदानमा सहभागी ३९ जना सांसदमध्ये मुख्यमन्त्री शर्माको पक्षमा ३८ मत परेको छ भने विपक्षमा १ मत मात्रै पर्यो ।
उनले राप्रपा बाहेक सबै दल र स्वतन्त्र सांसदको समेत मत प्राप्त गरेका छन् । शर्मालाई नेपाली कांग्रेसका १४, नेकपा माओवादी केन्द्रका १३, नेकपा एमालेका ९, नेकपा एकीकृत समाजवादी र स्वतन्त्र ९देवराज शाही० एक–एकजना सांसदले शर्माको पक्षमा मत हालेका छन् ।
मुख्यमन्त्री शर्माले यसअघि ६ माघमा एमाले, राप्रपासहितको विश्वासको मत प्राप्त गरेका थिए । यद्यपि राप्रपाले समर्थन फिर्ता लिएपछि दोस्रो पटक विश्वासको मत लिएका हुन् ।उनी गत पुस २७ गते कर्णालीको मुख्यमन्त्रीमा नियुक्त भएका थिए । शर्मालाई नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय प्रजातन्त्र पार्टी र नेकपा एकीकृत समाजवादी केन्द्रका २५ जना सांसदले समर्थन गरेका थिए ।
केन्द्र र अरु प्रदेशमा माओवादीले धोका दिएको आरो लगाईरहेको एमालेले कर्णालीमा माओवादीका मुख्यमन्त्रीलाई भोट दियो ।
बैठकमा आफ्ना धारणा राख्दै एमाले संसदीय दलका नेता यामलाल कँडेलले विश्वासको मत दिनु नपर्ने कुनै कारण नरहेको बताए । , ‘हामी सत्ता पक्षकै सिटमा बसेका छौँ। हामी बसेको अगाडि सत्ता पक्ष लेखेको छ। सत्ता पक्षमा बसेर विपक्षमा मत दिँदैनन्। यदी विपक्षमा मातदान गर्ने भए हामीले त्यही अनुसारको तयारी थाल्ने थियौँ। हामी र हाम्रो दल आज जो अवस्थामा छ। त्यही अवस्थामा रहनेछ। यसमा कुनै द्विविधा छैन।’ उनले भने ।