Sajha Post
कोरोना संक्रमण बढ्न थाल्यो, शुक्रबार १४२ जनामा संक्रमण देखियो 

काठमाडौं ।  नेपालमा कोरोना संक्रमण ह्वात्तै बढ्न थालेको छ। शुक्रबार नेपालमा १४२ जनामा कोरोनाभाइरसको संक्रमण देखिएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार एक हजार ७९ जनाको नमुना परीक्षण गर्दा १४२ जनामा संक्रमण पाइएको हो । मन्त्रालयका अनुसार आरटी पीसीआर विधिबाट ३८१ र एन्टीजेन विधिबाट ६९८ जनाको परीक्षण गरिएको थियो । 

तीमध्ये आरटी पीसीआर विधिबाट ४४ र एन्टीजेन विधिबाट ९८ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ।

देशमा हाल सक्रिय संक्रमितको संख्या १६३ रहेको पनि मन्त्रालयले जनाएको छ। संक्रमण बढेसँगै सावधानी अपनाउन मन्त्रालयले आग्रह गरेको छ।मास्कको प्रयोग गर्न र खोप लगान छुटेकाले खोप लगाउन मन्त्रालयले आग्रह गरेको छ। 

corona1680266131.jpg

machhapuchhre bank

प्रकाशित मिति: शुक्रबार, चैत १७, २०७९  १८:१८
प्रतिक्रिया दिनुहोस्
Weather Update