Sajha Post
मधेस सरकारबाट बाहिरियो एमाले

जनकपुरधाम । नेकपा एमाले मधेश प्रदेश सरकारबाट बाहिरिएको छ । सरकारमा रहेका एमालेका मन्त्रीहरुले राजीनामा दिएका छन् । मुख्यमन्त्री सरोजकुमार यादवलाई एमालेका मन्त्रीहरुले राजीनामा पत्र बुझाएका हुन् ।

मधेश सरकारमा एमालेबाट भौतिक पूर्वाधार विकासमन्त्रीमा सरोजकुमार यादव, महिला, बालबालिका, युवा तथा खेलकुद मन्त्रीमा मोहमद जयद आलम, गृह तथा सञ्चारमन्त्रीमा शत्रुधन प्रसाद सिंह, कानून, न्याय तथा प्रदेशसभा मामिला मन्त्रीमा राजकुमार लेखी र गृह तथा सञ्चार राज्यमन्त्रीमा केशव राय सहभागी थिए ।

सोमबार राति मुख्यमन्त्री यादवले फोन गरेर एमालेका मन्त्रीहरुलाई राजीनामा बुझाउन भनेपछि उनीहरु सबैले राजीनामा दिएका हुन् ।  पुस २७ मा एमालेले समर्थनमा जसपा संसदीय दलका नेता सरोजकुमार यादव मुख्यमन्त्रीमा नियुक्त भएका थिए ।

 

प्रकाशित मिति: मंगलबार, चैत २१, २०७९  १५:५२
प्रतिक्रिया दिनुहोस्
Weather Update