
काठमाडौं । गैरआवसीय नेपाली संघ एनआरएनए जापानको अध्यक्ष पदमा सिद्धार्थ श्रेष्ठले उम्मेदवारी
दिने भएका छन् ।
विगत १५ वर्षदेखि जापान रहेर व्यवसाय सञ्चालन गर्दै आएका श्रेष्ठले अध्यक्षमा उम्मेदवारी दिने भएका हुन् । बाग्लुङ समाज जापानको अध्यक्ष भैसकेका श्रेष्ठ एनआरएनए जापानको सल्लाहकार, मानार्थ सदस्य, प्रवक्ता हुँदै अहिले महासचिव पदमा कार्यरत छन्।
श्रेष्ठलाई एनआरएनए जापानको नयाँ नेतृत्वका लागि दाबेदार मानिदै आएको थियो । बाग्लुङ स्थायी घर भएका श्रेष्ठ तेक्वान्दोका राष्ट्रिय स्तरका खेलाडी समेत हुन्।
प्रकाशित मिति: शुक्रबार, चैत २४, २०७९ २१:१३
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय