बिहीबार , चैत १५ गते २०८०
Logo
बिहीबार , चैत १५ गते २०८०

 कर्णाली सरकारबाट बाहिरियो एमाले

 कर्णाली सरकारबाट बाहिरियो एमाले

काठमाडौं । कर्णाली प्रदेश सरकारबाट एमाले बाहिरिएको छ ।  सरकारमा सहभागी ३ जना मन्त्रीले मुख्यमन्त्री राजकुमार शर्मासमक्ष राजीनामा दिएसँगै एमाले सरकारबाट बाहिरिएको हो ।आर्थिक मामिला तथा योजना मन्त्री विनोदकुमार शाह, सामाजिक विकास मन्त्री टेकराज पछाई र उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री जीतबहादुर मल्लले मुख्यमन्त्री शर्मालाई भेटेर राजीनामा बुझाएका छन् ।

साझा पोष्ट
आइतबार, चैत २६ २०७९
  • images
     कर्णाली सरकारबाट बाहिरियो एमाले
    images

    काठमाडौं । कर्णाली प्रदेश सरकारबाट एमाले बाहिरिएको छ ।  सरकारमा सहभागी ३ जना मन्त्रीले मुख्यमन्त्री राजकुमार शर्मासमक्ष राजीनामा दिएसँगै एमाले सरकारबाट बाहिरिएको हो ।


    images
    images

    आर्थिक मामिला तथा योजना मन्त्री विनोदकुमार शाह, सामाजिक विकास मन्त्री टेकराज पछाई र उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री जीतबहादुर मल्लले मुख्यमन्त्री शर्मालाई भेटेर राजीनामा बुझाएका छन् ।

    तीनै जना मन्त्रीले आइतबार कर्णाली प्रदेशका मुख्यमन्त्रीलाई राजीनामापत्र बुझाएका हुन् । ‘देशको राजनीतिक परिस्थिति बदलिएको परिप्रेक्ष्यमा माननीय मुख्यमन्त्रीज्यूको सहजताका लागि नेकपा एमालेबाट सरकारमा सहभागी हामी तपशीलका मन्त्रीहरू संयुक्त राजीनामा पेस गर्दछौं‚’ राजीनामापत्रमा लेखिएको छ । केही दिन अघि मात्रै एमालेले माओवादीका मुख्यमन्त्री राजकुमार शर्मालाई विश्वासको मत दिएको थियो । 

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार