बिहीबार , वैशाख १३ गते २०८१
Logo
बिहीबार , वैशाख १३ गते २०८१

आइरन चक्की खरिदमा समेत अनियमितता, राज्यलाई ११ करोड नोक्सान !

आइरन चक्की खरिदमा समेत अनियमितता, राज्यलाई ११ करोड नोक्सान !

साझा पोष्ट
मंगलबार, वैशाख ५ २०८०
  • images
    आइरन चक्की खरिदमा समेत अनियमितता, राज्यलाई ११ करोड नोक्सान !
    images

    काठमाडौं । स्वास्थ्य मन्त्रालयअन्तर्गत स्वास्थ्य सेवा विभागले राज्यलाई ठुलो रकम नोक्सानी हुने गरी गर्भवतीले खाने आइरन चक्की खरिद सम्झौता गरेको छ । स्वास्थ्यमन्त्री नभएका बेला विभागले २० करोड रूपैयाँको आइरन चक्की खरिदमा करिब ११ करोड रूपैयाँ राज्यलाई नोक्सान हुने गरी नेबाजेनिटिक कम्पनीको आधिकारिक बिक्रेता जेएस मेडिकल फर्मासँग सम्झौता गरेको हो । 


    images
    images

    विभागको व्यवस्थापन महाशाखाअन्तर्गत खरिद एकाइका प्रमुख डा.सुरेन्द्र चौरसियाले प्रक्रिया पूरा गरेर आइरन चक्की खरिद सम्झौता गरेको बताए। मिति त यकिन भएन तर चैतको पहिलो साता नै आइरन चक्कीको खरिदका लागि सम्झौता गरिएको छ ।

    "असार मसान्तभित्र आइरन चक्की विभागमा वा विभागले तोकेको कार्यालयमा दाखिला गराइसक्नुपर्नेछ" उनले भने । उनका अनुसार आइरन चक्की ८५ पैसामा खरिद गर्ने सम्झौता भएको हो । अर्थ मन्त्रालयले फागुनको अन्तिम साता आइरन चक्की खरिदका लागि २० करोड रूपैयाँ निकासी गरेलगत्तै विभागले सो कम्पनीसँग खरिद सम्झौता गरेको हो । यो खबर आजको नागरिक नागरिकमा छ ।

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार