
काठमाडौं । संयुक्त अरब ईमिरेट्स युएईमा फेरि एक जना नेपालीलाई झन्डै ७० करोड रुपैयाँको चिठ्ठा परेको छ ।
हरेक साता हुँदै आएको महजुज लक्की ड्र मा नेपालीलाई २० मिलियन धिराम्सको उपहारको चिट्ठा परेको हो ।
ड्रको १२४ औ संस्करणको मुख्य २० मिलियन धिराम्सको चिट्ठा २३ बर्ष देखि युएईमा सवारी चालकका रुपमा कार्यरत नेपाली नागरिक पदमले पाएको युएईबाट प्रकाशन हुँदै आएको खालिज टाईम्सको अन्लाईन संस्करणले जनाएकाे छ ।
यस् अघि गुल्मीका भरत विकले पनि महजुजको लक्की ड्र् मार्फत ३५ करोड अर्थात १० मिलियन धिराम्सको चिट्ठा उपहार पाएका थिए ।
प्रकाशित मिति: बुधबार, वैशाख ६, २०८० १७:१४
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय