
काठमाडौं । तनहुँ १ का नवनिर्वाचित प्रतिनिधि सभा सदस्य राष्ट्रिय स्वतन्त्र पार्टीका स्वर्णिम वाग्लेले मतदाताको गुन विकास गरेर तिर्ने बताएका छन् ।
निर्वाचित भएको प्रमाणपत्र ग्रहण गर्दै वाग्लेले तनहुँ र देशको विकास गरेर मतदाताको गुन तिर्ने बताएका हुन् ।
प्रमाणपत्र ग्रहण पछि बोल्दै उनले भने, ‘स्थानीयमात्र नभई देशको मुद्दासमेत उठाउनेछु, जनताले दिएको मतको गुन यहाँको विकास गरेर तिर्नेछु ।’
सांसद वाग्लेका समर्थकहरुले अहिले तनहुँमा विजय र्याली निकालेका छन् ।
प्रकाशित मिति: मंगलबार, वैशाख १२, २०८० १०:०४
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय